धादिङमा महिला उद्यमीका लागि आर्थिक सशक्तीकरण सम्बन्धी वर्कसप आयोजना हुँदै

इनेप्लिज २०८२ फागुन ७ गते ७:२० मा प्रकाशित

WEAN (महिला उद्यमी संघ नेपाल, ललितपूर) को आयोजनामा धादिङ जिल्लामा महिला उद्यमी तथा उद्यम गर्न इच्छुक महिलाहरूका लागि डेढ ÷ डेढ दिनको विशेष वर्कशप सञ्चालन हुने भएको छ ।
धादिङ जिल्लाको मझिमटार वडा नं. ९ र १० मा फागुन १०, ११ र १२ गते FEMINISM: ACTIONS AND MOBILISATION FOR AN INCLUSIVE ECONOMY (FAME) अन्र्तगत पर्ने]{“ Advocating for Change: Women’s Economic Empowerment through Collective Action”नामक शीर्षकमा उक्त वर्कशप सञ्चालन हुन लागेको हो ।
महिला उद्यमीहरूलाई व्यवसाय दर्ता प्रक्रिया, कर प्रणाली तथा सरकारी नीतिबारे जानकारी गराउँदै उनीहरूको आर्थिक सशक्तीकरण र नीतिगत वकालतलाई सशक्त बनाउने उद्देश्यले वर्कशप आयोजना गरिएको आयोजकले जनाएको छ ।
वर्कशपमा नेपालमा कम्पनी कसरी दर्ता गर्ने, कर तथा भ्याट (VAT) के हो र कसरी लागू हुन्छ, व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने सरकारी प्रक्रिया तथा नीति–नियम, र महिला उद्यमीले भोगिरहेका चुनौतीहरूका बारेमा विस्तृत जानकारी तथा छलफल गरिनेछ । साथै महिला उद्यमीहरूको अधिकार, नीति सुधारका लागि सामूहिक आवाज र वकालत कसरी गर्ने भन्ने विषयमा पनि सहभागितामूलक सत्र सञ्चालन गरिने बताइएको छ ।
यस वर्कशपले स्थानीय महिला उद्यमी तथा व्यवसाय सुरु गर्न चाहने महिलाहरूलाई कानुनी र प्रशासनिक प्रक्रियाबारे स्पष्ट जानकारी दिई आत्मविश्वास बढाउने, औपचारिक व्यवसायतर्फ अग्रसर गराउने तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम AFD, Geres तथा SAWDF को सहकार्यमा सञ्चालन हुने जनाइएको छ । आयोजकका अनुसार यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका महिला उद्यमीलाई नीतिगत जानकारी, सीप र नेतृत्व विकासमार्फत सशक्त बनाउँदै समावेशी आर्थिक विकासमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया