कोलोराडोमा कुनै आपराधिक इतिहास नभएका कागजातविहीन आप्रवासीहरूले गिरोहका सदस्यहरूलाई लक्षित गरी गरिएको आईसिइ छापामा आफूहरु पनि पक्राउ परेको फक्स३१ ले जनाएको छ ।
आपराधिक इतिहास नभएका केही कागजातविहीन आप्रवासीहरूले गिरोहका सदस्यहरूलाई लक्षित गरी गरिएको अध्यागमन तथा भन्सार प्रवर्तन छापामा पक्राउ परेको बताए पछि उनीहरुले कानुनी मद्दत मागिरहेका छन्।
वकिलहरू र आप्रवासी अधिकार समूहहरूले फक्स३१ लाई बताए अनुसार उनीहरूलाई धेरै आप्रवासीहरूले सम्पर्क गरेका छन् ।
समाचारका अनुसार उनीहरूलाई निर्वासन गर्नु अघि वकिलहरू र आप्रवासी अधिकार समूहहरूले उनीहरुलाई रिहा गर्न खोजिरहेका छन्।
गत बुधबार सूर्योदय हुनुभन्दा अघि सुरु भएका ती छापा कोलोराडोको डेनभर र अरोरा दुवैमा भएका थिए। आइसिइ डेनभरले संघीय गुप्तचरहरूले ट्रेन डे अरागुआ भेनेजुएला गिरोहका सदस्यहरू र अन्य अपराधीहरूलाई लक्षित गरिरहेको बताए।
आप्रवासन रक्षा वकिल म्याथ्यू ब्यारिंगरका अनुसार तीन जनाले उनको कार्यालयमा सम्पर्क गरेर मद्दत मागेका थिए । ब्यारिंगरले बताए अनुसार ती आप्रवासीहरू कुनै आपराधिक इतिहास नभए पनि पक्राउ गरिएको थियो।
फक्स३१ का अनुसार पक्राउ परेका व्यक्तिहरूको संख्याको बारेमा तथ्याङ्क जारी गरिएको छैन।
तीन जना व्यक्तिहरूलाई चाँडै रिहा गर्न सकिन्छ र उनीहरूलाई छोड्ने वा निर्वासन सुनुवाइ जारी राख्ने निर्णय आईसिइमा निर्भर पर्ने ब्यारिंगरले बताए ।
प्रतिक्रिया