अमेरिकामा कागजात नभएका आप्रवासीलाई अपेक्षा भन्दा कम गिरफ्तार गरिएकोमा ट्रम्प आक्रोसित

इनेप्लिज २०८१ माघ २६ गते १३:५६ मा प्रकाशित

अमेरिकामा कागजात नभएका आप्रवासीलाई अपेक्षा भन्दा कम गिरफ्तार गरिएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोसित भएका छन् ।

आप्रवासन तथा भन्सार प्रवर्तन (आइसीइ) का गुप्तचरहरूलाई अवैध आप्रवासीहरूको गिरफ्तारी र निर्वासन संख्या वृद्धि हुन् नसकेकोमा उनि रिसाएका छन्।

एनबिसीन्यूजलाई आइसीइ तथा व्हाइट हाउसका तीन स्रोतहरूले जानकारी दिएको जनाएको छ ।

उनि रिसाएको यो सन्देश “सीमा प्रमुख” टम होमन, गृह सुरक्षा सचिव क्रिस्टी नोएम, वाइट हाउस उपप्रमुख स्टिफन मिलर र कार्यवाहक आइसीइ निर्देशक क्यालेभ भिटेलोलाई पनि पुगेको छ।

वाइट हाउसका प्रवक्ता कुश देसाईले एक वक्तब्यमा भने, “बाइडेन प्रशासनको चार वर्षको पूर्ण अक्षमता र उपेक्षापछि, ट्रम्प प्रशासनले अमेरिकाको आप्रवासन कानूनको कडाईपूर्वक प्रवर्तन र सम्मान पुनः स्थापित गरेको छ।

राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि आइसीइले सैकडौं हिंसात्मक, शिकारी र अपराधिक गिरोह सम्बन्धित अवैध आप्रवासीहरूलाई गिरफ्तार गरी निर्वासन गरिसकेको छ । ट्रम्प प्रशासनले हाम्रा सीमाहरू सुरक्षित गर्ने र अमेरिकीहरूलाई प्राथमिकता दिँदै ठूलो मात्रामा निर्वासनहरू छिटो र प्रभावकारी रूपमा गर्ने दिशामा एकजुट भएको छ , देसाईले भने ।

एनबिसीन्यूजका अनुसार होमनले आइसीइ गुप्तचरहरूसँग दैनिक बैठक गर्छन् र उनि आइसीइका संख्याहरूप्रति असन्तुष्ट भएका छन् ।

जनवरीमा गुप्तचरहरूलाई दैनिक १,२००-१,४०० गिरफ्तारीको लक्ष्य राख्न निर्देशन दिइएको छ । आइसीइले सामाजिक संजाल एक्स (ट्विटर) मा प्रकाशित गरेका संख्याहरू अनुसार ट्रम्पले कार्यभार सम्हालेपछि एक दिनमा गरिएको गिरफ्तारीको उच्चतम संख्या १,१०० मात्र थियो ।

त्यस दिनपछि यो संख्या घटेको छ। गत हप्ताको मंगलबार आप्रवासीहरूको गिरफ्तारी ८०० भन्दा बढी थियो तर गत साता लगभग ३०० मात्र गिरफ्तारी भएको थियो, अर्को स्रोतले एनबीसी न्यूजलाई बताए।

ट्रम्पले आफ्नो उद्घाटन दिनमा “लाखौं” देश निकाला गर्ने प्रतिज्ञा पूरा गर्न, ट्रम्प प्रशासनले एक वर्षमा १० लाख निर्वासन गर्न दैनिक २,७०० भन्दा बढी आप्रवासीहरूलाई निर्वासन गर्नुपर्ने हुन्छ।

ट्रम्प प्रशासनको पहिलो दुई हप्तामा ८,००० भन्दा बढी आप्रवासीहरू गिरफ्तार भएकोमध्ये, ४६१ लाई रिहा गरिएको थियो ।

प्रतिक्रिया