संघीय न्यायाधीशद्वारा इलन मस्कको पक्षमा फैसला

इनेप्लिज २०८१ माघ २६ गते ११:५७ मा प्रकाशित

संघीय न्यायाधीशले इलन मस्कको पक्षमा फैसला सुनाएका छन् । एक संघीय न्यायाधीशले श्रम विभागबाट तथ्याँक पहुँच गर्नबाट सरकारी दक्षता विभागलाई रोक्ने प्रयासलाई अस्वीकार गरेका छन्।

आफ्नो फैसलामा संघीय न्यायाधीश जोन डी. बेट्सले मस्कको लागत कटौती टोलीले चिकित्सा अभिलेख (मेडिकल रेकर्ड) सहित अत्यधिक संवेदनशील तथ्याँक )अर्थात् डेटा अवैध रूपमा पहुँच गर्न खोजेको आरोप लगाउने पाँच संघीय कर्मचारी संघहरूले स्थिति स्थापित गर्न असफल भए।

यो मुद्दा संघीय कर्मचारी संघहरू र सरकारबीचको तथ्याङ्क गोपनीयताको विषयमा महत्त्वपूर्ण कानुनी लडाइँ हो। मुख्य विवाद सरकारी दक्षता विभागद्वारा श्रम बिभागको डेटा पहुँच गर्न खोज्नु हो, जसमा अत्यन्त संवेदनशील जानकारी, जस्तै कर्मचारीहरूको चिकित्सा अभिलेख , वित्तीय विवरणहरू, र अन्य व्यक्तिगत तथ्याङ्कहरु समावेश छन्।

सरकारी दक्षता विभागको नेतृत्व मस्कले लिएका छन् । र यो बिभागलेर संघीय खर्च घटाउने उद्देश्य राखेको छ।

पाँचवटा संघीय कर्मचारी संघहरू ले मुद्दा दायर गर्दै सरकारी दक्षता विभागले गैरकानुनी रूपमा अत्यन्त संवेदनशील सरकारी तथ्याङ्क पहुँच गर्न खोजेको आरोप लगाएका छन् ।

उनीहरूको मुख्य चिन्ता भनेको यस्तो तथ्याङ्क पहुँचले संघीय कर्मचारीहरूको गोपनीयता उल्लङ्घन गर्नेछ र उनीहरूलाई अपूरणीय क्षति पुर्‍याउनेछ।

न्यायाधीश जोन डि बेट्सले संघहरूको चिन्तालाई गम्भीर रूपमा लिए तापनि कानूनी रूपमा उनीहरूको दाबी पर्याप्त प्रमाणित नभएको निर्णय गरे।

संघहरूले कसरी र कुन कर्मचारीलाई प्रत्यक्ष रूपमा हानि पुग्छ भन्ने प्रमाण देखाउन नसकेको भन्दै मुद्दा खारेज गरियो। एबिसीन्यूजक आनुसार संघहरूले पुनः मुद्दा दायर गर्न सक्छन्, तर यस पटक उनीहरूलाई कुनै निश्चित कर्मचारीलाई प्रत्यक्ष रूपमा हानी पुग्ने स्पष्ट प्रमाण प्रस्तुत गर्नुपर्नेछ।

यो मुद्दा संघीय सरकारभित्रको तथ्याङ्क गोपनीयता र पारदर्शितासँग जोडिएको विवाद हो। संघहरूले सरकारी दक्षता विभागको पहुँच रोक्न खोजे पनि, कानूनी रूपमा पर्याप्त आधार प्रमाणित गर्न नसकेका कारण उनीहरूको अनुरोध अस्वीकार गरियो। यदि भविष्यमा थप प्रमाण भेटिएमा यो मुद्दा पुनः अदालतमा जान सक्छ।

प्रतिक्रिया