१० जना सवार रहेको अलास्कामा विमान बेपत्ता भए पछि चालक दलहरूले बेपत्ता भएकाहरूको खोजी जारी राखेका छन् । एबिसीन्यूजका अनुसार जहाजमा नौ जना यात्रु र एक बिमानचालक (पाइलट) थिए।
स्थानीय अधिकारीहरूका अनुसार १० जना सवार रहेको बेरिङ एयरको कारभान बेपत्ता भएपछि अलास्काको नोममा रहेका चालक दलहरूले खोजी र उद्धार कार्य गरिरहेका छन्।
अलास्का सार्वजनिक सुरक्षा विभागको एक विज्ञप्ति अनुसार, उनालाक्लीटबाट नोम जाने क्रममा उडान अवतरण गर्न ढिलो भएको र बेपत्ता भएको स्थानीय समय अनुसार साँझ ४ बजेतिर अलास्का राज्यका सैनिकहरूलाई सम्पर्क गरिएको थियो।
विमान उनालाक्लीटबाट नोम जाने क्रममा १२ माइल समुन्द्री तटबाट मार्गमा उडि रहेको अवस्थामा हराएको थियो ।
नोम स्वयंसेवक अग्नि विभागले सामाजिक संजालमा जमिन खोजी गरिरहेको जनाएको छ । तर मौसमको कारण चालक दलहरू हवाई मार्गबाट खोजी गर्न असमर्थ भएको बिभागले उल्लेख गरेको छ ।
सि-१३० समुन्द्रीतट सुरक्षाकर्मी विमानले उक्त क्षेत्रको अवलोकन गर्ने योजना बनाएको तर विमान अझै कहा छ भन्ने पत्ता नलागेको जनाएको छ ।
प्रतिक्रिया