राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साँझ विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै संघीय सरकारभित्र क्रिस्चियन (इसाई )हरूमाथि हुने सबै प्रकारका भेदभाव, निशाना बनाउने कार्य, र पूर्वाग्रहलाई अन्त्य गर्न नयाँ कार्यदल गठनको घोषणा गरे ।
“मेरो प्रशासन क्रिस्चियन (इसाई हरूलाई लक्षित गर्ने कुनै पनि गैरकानुनी नीति, अभ्यास वा गतिविधिलाई सहन गर्ने छैन। अमेरिकी नागरिकहरूलाई आस्था अभ्यास गर्ने स्वतन्त्रता कानुनी रूपमा सुरक्षित गरिएको छ, र मेरो प्रशासनले यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नेछ,” आदेशमा उल्लेख गरिएको छ ।
यसअघि बिहीबार नै ट्रम्पले आफ्नो आदेश घोषणा गर्दै भने, “आज म कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु, जसअनुसार महान्यायाधिवक्ता पाम बन्डीको नेतृत्वमा नयाँ कार्यदल गठन हुनेछ, जसले क्रिस्चियन विरोधी पूर्वाग्रह अन्त्य गर्नेछ।”
प्रतिक्रिया