सोनाम ल्होछार , तामाङ समुदायको नयाँ वर्ष मनाइदै !

इनेप्लिज २०८१ माघ २५ गते ०:०५ मा प्रकाशित

हार्दिक निमन्त्रणा !

सोनाम ल्होछार , तामाङ समुदायको नयाँ वर्ष, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ। यस वर्ष, मञ्जुश्री पात्रो अनुसार, २८६१औं वर्षको सुरुवात भएको छI यो पर्व १२ वर्गमा विभाजित छ: मुसा, गाई, बाघ, खरायो, ड्रागन (बादल), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र सुँगुर।

हरेक वर्ष यीमध्ये एक जनावरको नाममा रहन्छ। यसै अनुरूप यस वर्ष सर्प ल्हो रहेको छ। यस अवसरमा, तामाङ समुदायका मानिसहरू आफ्नो कुल देवताको पूजा, प्रकृति पूजा, र बुद्धका शिक्षाहरूको स्मरण गर्छन्। तिनीहरू आफन्तहरूसँग भेटघाट गरी खुशी साटासाट गर्छन्। यस्तो पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। तामाङ परम्परा अनुसार , यो पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, र भाइचारा प्रवर्द्धन गर्छन्।

यस वर्ष, तामाङ समुदायका सदस्यहरूले परम्परागत नृत्य, संगीत, र खानपान ,उत्सवका सहित मनाउने तयारी हुँदैछ ! भ्वाइस अफ नेपाल किड विनर सिजन ३, अनुया तामाङ र प्रसिद्ध सेलो गायिका निर्मला घिसिङ बेजोड प्रस्तुति हुँदैछ। यसरी, सोनाम ल्होछारले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ।

यस वर्ष, सदाझै तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटन (TSGW) को आयोजनामा गर्ने सोनाम ल्होछार कार्यक्रम मिति Saturday, February 22, 543 Beulah Road NE, Vienna 22180 संयुक्त राज्य अमेरिका मा आयोजना हुँदैछ।

तपाईँको उपस्थितिले कार्यक्रम अझै विशेष हुनेछ। कृपया यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
लासो फ्याफुल्ला थुचुछे I

भवदीय
तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन
कार्यकारी समिति

प्रतिक्रिया