जापान एयरलाइन्स(बिमानसेवा)को उडान सियाटल सीट्याक विमानस्थलमा उड्ने तयारीमा रहेको डेल्टा विमानको पुच्छरमा ठोक्किएको छ ।
सीट्याक विमानस्थलका अनुसार कोही पनि घाइते नभएको जनाएको छ ।
विमानस्थल र संघीय उड्डयन प्रशासनका अनुसार बुधबार सियाटलको सीट्याक विमानस्थलमा धावनमार्गबाट बिमान रोक्ने स्थानमा चलाउदै गर्दा जापान एयरलाइन्सको उडानको दायाँ पखेटाले उड्न तयारी भै रहेको डेल्टा विमानको पुच्छरमा ठोक्किएको छ ।
कोही पनि घाइते नभएको तर दुवै उडानका यात्रुहरूलाई विमानबाट ओराल्न बाध्य पारिएको सीट्याक विमानस्थलले जनाएको छ।
डेल्टा उडान १९२१ को बिमानले १४२ जना यात्रीहरुहरू सहित मेक्सिकोको प्यूर्टो भालार्टामा उडान गर्ने तयारीमा थियो।
एफएएले अनुसन्धान गर्ने बताएको छ। “विमानहरू हवाई यातायात नियन्त्रण अन्तर्गत नभएको क्षेत्रमा थिए,” एफएएले उल्लेख गरेको छ।
विमानस्थलले घटनाले यसको सञ्चालनमा “न्यूनतम प्रभाव” पारेको बताएको छ।
प्रतिक्रिया