अमेरिकामा अहिले सम्म आइसिइद्वारा कागजात नभएका ८,२७६ आप्रवासीहरु पक्राउ

इनेप्लिज २०८१ माघ २४ गते १:१३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको सामूहिक निर्वासन परियोजना सुरु भएदेखि अमेरिकामा हजारौंहरूलाई पक्राउ गरिएको छ।यो क्रम निरन्तर चलि रहेको छ ।

गत मंगलबार अध्यागमन र भन्सार प्रवर्तन गुप्तचर(एजेन्ट)हरूले न्यूयोर्कको म्यानह्याटन र ब्रंक्सका केही भागहरूमा २० भन्दा बढी गिरफ्तार गरेको छ ।

यसैबीच दैनिक गिरफ्तारहरूको संकलन अनुसार फेब्रुअरी १ ​​सम्म आईसिइले हालसम्म ८,२७६ जनालाई पक्राउ गरेको छ । निकायले उनिहरुलाई अवैध रूपमा अमेरिका रहेको जनाएको छ ।

आईसिईले ८६४ एकै दिनमा गिरफ्तारीको गरेको जनाएको छ भने ६२१ जनालाई थुनामा राखेको छ ।

प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकाले सन् २०२३ मा ४ करोड ७३ लाख विदेशमा जन्मेको जनसंख्या अभिलेख (रेकर्ड) राखेको थियो, जसको अर्थ आप्रवासीहरू जनसंख्याको १४.३% अमेरिकामा रहेका छन् ।

सन् २०२२ सम्म अमेरिका ७७% आप्रवासीहरू कानुनी रूपमा बसोबास गर्न सक्षम भए जसमध्ये ४९% अंगीकृत नागरिक बनेका थिए।

लगभग २३% अनधिकृत आप्रवासीहरू रहेका छन् भने अन्य ४ % कानुनी रुपमा अस्थायी बासिन्दाहरू रहेका छन्।

तस्बिर कृतज्ञता : अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन -सामाजिक संजाल एक्स

प्रतिक्रिया