हामि बिस्वकै न्यूनस्तरको बिबेक भएको नागरिकको सुचिमा पर्नुको कारण राज्यका यस्तै अविवेकी र गैर्ह जिम्मेवारीपूर्ण काम ब्यबहारको कारण हो। संघियताको सामान्य मर्मको चेत नभएका बुख्याचा हरु लाइ विदेशीले नेपाल सिध्याउने खेलको गुरुयोजना अन्तर्गतको संबिधान जबर्जस्ति लादि दियो। त्यसको परिणाम भोग्दै छौ। संघियताको सामान्य भन्दा सामान्य ज्ञान समेत न भएका बुख्याचाहरुको सोच सम्पूर्ण अधिकार केन्द्रमा कब्जा अगरेर राख्ने हुनु स्वाभाविक हो। भ्रष्ट अपराधिक मनोविज्ञान पालेर बसेका नेतृत्व बर्ग आफु लाइ शक्तिशालि देखाउन स्थानीय सरकारको साधारण कार्यक्षेत्र समेत कब्जा गरि बसेका छन्। यसो नगरे सायद ब्यबसायी बाट मनग्य चन्दा आउने बाटो रोकिन्छ वा बिदेशी खातामा रकम जम्मा हुन् छोड्छ। यस्ता नीतिगत भ्रष्टाचार नगरे निर्वाचन कसरि जित्नु यस्तै चिन्तामा छन् नीति सिदान्त मिसन भिजन प्रतिबद्धता बिहिन विदेशीका खेताला माफियाका मतियार शासक बर्ग र उनका दास प्रशासक हरु समेत बिबेक बिहिन देखिएका छन्।
अन्यथा यो बिषय अर्थात केवलकार संचालनको अनुमति दिने नदिने स्थानीय सरकारको अधिकार र जिम्मेवारी स्थानीय सरकारको हो। यो बिषयमा बहस र बिबाद स्थानीय सरकार र जनता बिचमा हुनु पर्थ्यो जुन संघियताको मूल मर्म पनि हो। संघियता र सुशासन भएका देशमा एउटा सामान्य रक्सि पसल खोल्न समेत सर्बसाधारण नागरिक संग ३५ दिने सूचना टासेर जारि गरेर अनुमति मागिन्छ र स्कुल कलेज धार्मिक प्रतिष्ठान पुस्तकालय वा सरकारी /सामुदायिक पार्क भवन भन्दा निश्चित दुरीमा मात्र संचालन गर्न पाइन्छ। अमेरिकाको टेक्सास राज्यको दर्जनौ शहरमा रक्सि ( HARD LIQUOR ) बेच्न स्थानीय सरकारले रोकेको छ। त्यहाँ रक्सि बेच्ने अनुमति लिन स्थानीय सरकारले रक्सि बेच्ने कम्पनीको खर्चमा जनमत संग्रह गर्छ जुन मिलियन डलरको आर्थिक भार हो। राज्यले आफै स्वीकृत दिन पाउदैन। यो नै संघियता र सुशासनको नमुना र जनताको भावनाको सम्मान गर्ने राज्यको दायित्व को उदाहरण हो। तर हाम्रोमा चन्द्रागिरी जस्तो पबित्र स्थानमा रहेको महादेव मन्दिर परिसरमा जाड रक्सि मासु मात्र बेचिदैन रिसोर्टको नाममा उच्च स्तरको बेस्यालय पनि संचालन भएको छ भारतको मा वैष्ण देबी मन्दिरको १५ कि मि वरिपरी काटमार मासु बिक्रि वितरण मात्र होइन चुरोट बिंडी समेत निषेधित क्षेत्र घोषणा गरिएको छ। बिडम्बना हाम्रोमा साँगाको निजि जमिनमा निर्माण भएको महादेव हुन् कि चन्द्रागिरी जस्तो पबित्र महादेव मन्दिर परिसरमा जाड रक्सि मासु को ब्यापार हुन्छ र भी आइ पी बेस्यालय (रिसोर्ट )संचालन छ।
व्यवसायीले आफु लाइ एक असल नागरिक सोचेर राष्ट्रको धार्मिक सास्कृतिक सामाजिक मुल्य र मान्यताको संरक्षण र सम्मान एबम सुरक्षाको दायित्व मेरो पनि हो भन्ने बोध प्रदर्शन गर्नु पर्दैन ? राज्यशक्तिको पहुचको दुरुपयोग गर्नु बुद्धिमानी हुँदैन। प्राय प्रसिद्ध धार्मिक स्थल डाडोमा घना जंगलमा छन् के अब त्यो सबैमा केवलकार होटेल ? त्यसको प्राकृतिक धार्मिक आस्था सास्कृतिक विशिष्टताको सम्मान र सुरक्षा गर्नु पर्दैन ?पुर्खाले यसकै लागि निर्माण गरि जोगाइ दिएका हुन् त् ? सोचौ एक पटक। प्राकृतिक सुन्दरता सास्कृतिक मुल्य मान्यता आस्थाको सम्मान गर्न पछाडी हट्नु हुँदैन। हिमाल पहाड तराइ सृंखलाको बिशिष्ठ भूगोल प्राचिन सास्कृतिक सम्पदा र अनुपम प्राकृतिक सम्पतिको डाडो र धार्मिक प्रतिस्ठान हरु ब्यबसायको नाममा विकृत बनाउन अनुमति दिने काम तत्काल रोकौ र ति प्राकृतिक धार्मिक सास्कृतिक धरोहरको संचालन र ब्यबस्थापन स्थानीय सरकार र नागरिकको सहभागितामा स्थानीय बिकासको लागि सदुपयोग गर्ने अधिकार जिम्मेवारी स्थानीय सरकार लाइ सुम्पौ। केन्द्रीय सरकारको अविवेकी र गैर्ह जिम्मेवार पूर्ण सोच र नीतिले अनाहकमा ब्यबसायीले तनाब र नोक्सानी व्यहोर्नु परेको छ भने सामाजिक सद्भाव समेत बिथलिन पुगेको छ। तसर्थ सरकार तत्काल यसको सम्पूर्ण अधिकार स्थानीय सारक लाइ सुम्पेर आफ्नो बिबेक र संघियताको मर्म लाइ ब्यबहारमा कार्यन्वयन गर।
स्थानीय सरकार र नागरिक को बिचमा मात्र बहस र बिबाद हुनु पर्ने यो बिषय लाइ राष्ट्रिय रुप किन दिएको ? यसको जिम्मेवार भ्रष्ट अपराधिक मनोबृतिका नेतृत्व बर्ग नै हो। जनताको भावना धार्मिक सास्कृतिक अस्मिता माथि खेलवाड गर्न एउटा व्यवसायीको पछाडी कहिले आफ्नो कालो मुख नधुनेहरु हात धोएर लाग्नुको पछाडी अर्बौको बिदेशी मुद्राको अपचलन र त्यसको चास्नी को स्वाद बाहेक के होला र ? बन्द गर यस्तो बिबेकहिन र सामाजिक सद्भावनामा खलल पर्ने बिषयमा हस्तक्षेप गर्न र स्थानीय सरकारको जिम्मा लगाई देउ।
हाम्रो देशमा निजि स्कुल कलेज अस्पताल होटेल केवलकार आदि सेवामुलक ब्यबसायको अपव्याख्या गर्दै अर्बौ खर्बौ बराबरको बिदेशी मुद्राको सामान मगाउने त्यसको बास्तबिक आबस्यकता र मुल्य भन्दा बढीको हिसाब देखाई ब्यबसायीहरुले बिदेशी मुद्रा पलायन गरेका छन्। अनि त्यस्ता अर्बौको सामान आयात गर्दा भन्सार र अन्तसुल्क लगायत कति बर्ष सम्म आयकर समेत छुट गराउने जस्ता नीतिगत भ्रष्टचार हुन्छ। स्विस बैंकमा बार्षिक थपिदै गएको नेपालीहरुको मौज्दातको स्रोत यस्तै नीतिगत निर्णय गरि आर्जित कमिसनको पैसा हो। यता तर्फ भने हाम्रो राज्यको कुनै निकायको ध्यान जाने कुरो भएन किनकि उ तोकिएको अधिकार प्रयोग गर्ने बिबेक बन्धकी राखेर तिनै भ्रष्ट नेता र ब्यबसायीहरुको पृष्ठपोषकको भूमिकामा छ।कति प्रकारको के के सामान आयात हुन्छ ? त्यसको अन्तराष्ट्रिय बजारमा मुल्य कति छ ? बिलमा कति देखाइन्छ ?सरकारले कति प्रतिशत भन्सार अन्तसुल्क महसुल मिनाहा गरेको छ ? कति बर्षको लागि आयकर छुट गरेको छ ? यसको सूचना पारदर्शिता पनि खोजौ।
राज्यशक्तिको पहुचको दुरुपयोग गर्नु बुद्धिमानी हुँदैन। प्राय प्रसिद्ध धार्मिक स्थल डाडोमा घना जंगलमा छन् के अब त्यो सबैमा केवलकार होटेल ? त्यसको प्राकृतिक धार्मिक आस्था सास्कृतिक विशिष्टताको सम्मान र सुरक्षा गर्नु पर्दैन ?पुर्खाले यसकै लागि निर्माण गरि जोगाइ दिएका हुन् त् ? सोचौ एक पटक।
देशको ऐतिहासिक धार्मिक सास्कृतिक प्राकृतिक मौलिक स्वरूप संरक्षण गर्नु पर्ने दायित्व बोध /चेत शासक प्रशासक ब्यबसायी (नागरिक )हरुमा हुनु पर्छ। पुर्खाले किन डाडो डाडोमा बर पिपल रोपेका थिए ? अनकन्टार पहाडी भूभागमा जहाँ बाटोको साच्चिकै असुविधा थियो त्यहाँ मठ मन्दिर देवालय स्थापना गरेका होलान उनिहरुको दिर्घकालिन सोचको सम्मान र मर्यादा गर्नु यो पुस्ताको दायित्व होइन र अनि त्यो अमुल्य धरोहर आउने पुस्तालाइ जस्ताको तस्तै हस्तान्तरण गर्नु यो पुस्ताको कर्तब्य होइन ?एकातिर सरकार देशमा ६ लाख घर खालि भएको लाखौ रोपनी जमिन बाँझो रहेको तथ्यांक निकाल्छ अनि त्यस्तो बस्ति पुनर्स्थापना गर्ने नीति निर्माण गर्नु भन्दा उल्टो झनै विस्थापन गर्छ कस्तो बिबेकहिन राज्य र राज्य संयन्त्र ? मनकामना केवलकारले पारेको प्रभाब उदाहरण लिउ नुवाकोट धादिंग तनहु जता बाट पैदल गए पनि बाटोमा स्थानीय हरुले आफ्नो करेसा बारीको उत्पादन आफ्नै घर आगनमा बसेर ब्यबसाय गरि रहेका थिए। पैदल यात्रीले शारीरिक र मानसिक स्वास्थ्य लाभ गर्थे। तर केवलकार संचालन पछी स्थानीय हरु कोइ मन कामना मन्दिर नजिक महँगो भाडामा आयातित बस्तु बेच्न बाध्य भए कोइ तराई झरे गाउ रित्तियो। गोठहरु रित्तिए। जुन हासी खुसि उनिहरुले आफ्नो घरमा बसेर आफ्नो खेतबारीको उत्पादन बदाम उंखू दाल आदि बेच्थे त्यो खुसि लुटियो। पारिवारिक बिचलन आयो। राज्य र व्यवसायीले यस्तो गहन मानबिय पक्ष लाइ बेवास्ता गर्नु मुर्खता हो। व्यवसायले नागरिकको व्यापक सहभागिता खोज्नु पर्छ आफुमा सिमित स्वार्थ हेर्नु असल नागरिकको धर्म होइन। गाउ बस्ति डुबाएर नेता प्रशासक र सिमित ब्यबसायी मात्र उठ्ने नीति निषेध हुनु पर्छ।
Shekhar Dhungel (शेखर ढुंगेल)
सृष्टि कर्ताले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधि को रुपमा बनाएको हुन्। तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क,बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब ,बिना सुबिधा असुबिधाको बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोगको हात बढाईहाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिकको उदाहरण हुनु हो।
http://katunjedhungel.blogspot.com
शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ
प्रतिक्रिया