दक्षिण अफ्रिकाले ‘जग्गा जफत गरेको छैन’ भन्दै ट्रम्पको सहायता रोक्ने धम्कीको खण्डन 

इनेप्लिज २०८१ माघ २१ गते १५:१० मा प्रकाशित

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीप्रति प्रतिक्रिया जनाउँदै श्वेत किसानहरूमाथि दुव्र्यवहारको आरोपलाई अस्वीकार गरे। 

उनले ट्रम्पको दाबीको खण्डन गर्दै अधिकारीहरूले “जग्गा जफत” नगरेको स्पष्ट पारे।

“दक्षिण अफ्रिका संवैधानिक प्रजातन्त्र हो, जसको गहिरो जरो कानूनी शासन, न्याय र समानतामा गाडिएको छ। दक्षिण अफ्रिकी सरकारले कुनै पनि जग्गा जफत गरेको छैन,” रामाफोसाले सामाजिक सॅजाल एक्समा लेखे। 

उनले अगाडी भने हामी हाम्रो भूमि सुधार नीति र दुईपक्षीय चासोका विषयमा ट्रम्प प्रशासनसँग छलफल गर्न तत्पर छौं।

उनको यो प्रतिक्रिया ट्रम्पले आइतबार ‘ट्रुथ सोशल’ मा लेखेपछि आएको हो। 

ट्रम्पले जबसम्म दक्षिण अफ्रिकाले जग्गा जफत गरिरहेको र केही वर्गका मानिसहरूलाई धेरै नराम्रो व्यवहार गरिरहेको” भन्ने आरोपको पूर्ण अनुसन्धान हुँदैन, तबसम्म उनले देशलाई सबै प्रकारको भविष्यको सहायता रोक्ने लेखेका थिए ।

प्रतिक्रिया