उत्तरी सिरियाली शहरको बाहिरी भागमा सोमबार सानो सवारी साधन (कार )बम विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
स्थानीय नागरिक रक्षा र युद्ध अनुगमनकर्ताले दिएको विवरण अनुसार सोमबार उत्तरी सिरियाली शहरको बाहिरी भागमा सानो सवारी साधन (कार) बम विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन्।
स्थानीय सिरियाली नागरिक रक्षाका अनुसार मानबिज शहरको बाहिरी भागमा कृषि कामदारहरू बोकेको गाडीको छेउमा कार विस्फोट हुँदा १४ महिला र एक पुरुषको मृत्यु भएको छ।
अन्य १५ महिला घाइते भएका छन्, जसमध्ये १८ महिलाको अवस्था गम्भीर छ। यद्यपि, बेलायतमा आधारित युद्ध अनुगमनकर्ता द सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले १८ महिला र एक पुरुषको मृत्यु भएको बताएको छ ।
उत्तरपूर्वी एलेप्पो प्रान्तको मानबिजमा डिसेम्बरमा राष्ट्रपति बसर अल असदको पतन पछि पनि अझै हिंसा जारी छ । सिरियन नेशनल आर्मी (सिरियाली राष्ट्रिय सैनिक)भनेर चिनिने टर्की समर्थित गुटहरूले अमेरिका समर्थित कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स(सिरियाली प्रजातान्त्रिक बल)सँग झडप जारी राखेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया