ट्रम्पद्वारा क्यानडा, मेक्सिको र चीनबाट आयात गरिने सामानमा नयाँ शुल्क (ट्यारिफ) लगाउने निर्णय 

इनेप्लिज २०८१ माघ १९ गते २३:०४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात गरिने सामानमा नयाँ शुल्क (ट्यारिफ) लगाउने निर्णय गरेका छन्। 

क्यानडा र मेक्सिकोका वस्तुहरूमा २५% तथा चीनबाट आयात हुने सामानमा १०% शुल्क लाग्नेछ। क्यानडाको ऊर्जा उत्पादनहरूमा विशेष रूपमा १०% शुल्क निर्धारण गरिएको छ।

ट्रम्प प्रशासनले यी शुल्क लागू गर्नुको मुख्य कारण फेन्टानाइल नामक लागूऔषधको तस्करी रोक्नुपर्ने आवश्यकता देखाएको छ ।

सन २०२३ मा १,०७,००० भन्दा बढी अमेरिकी नागरिकको ओभरडोज( बढी औषधी ) सेवनको कारण मृत्यु भएको थियो, जसको करिब ७०% ओपिओइड्स ( अफिम) जस्तै फेन्टानाइलको कारण भएको बताइन्छ।

अर्थशास्त्रीहरूका अनुसार यी शुल्कका कारण अमेरिकामा गाडी, बिध्युत, फलफूल, काठलगायतका वस्तुको मूल्य वृद्धि हुन सक्छ।  क्यानडा र मेक्सिकोले आवश्यक परे कडा प्रतिक्रिया जनाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया