गाजामा अमेरिकी-इजरायली नागरिक किथसिगेल रिहा भए पछि उनका परिवारले अमेरिकी राष्ट्रपति दोलंद ट्रम्पलाई धन्यबाद दिएका छन् ।
सिगेलको परिवारले राष्ट्रपति ट्रम्पलाई हाम्रा बुबालाई हामीकहाँ फिर्ता ल्याएको भन्दै परिवारले धन्यवाद दिएका हुन् । सिगेलको परिवारले एक विज्ञप्ति जारी गर्दै उनीहरू अवर्णनीय उत्साहले भरिएको बताएका छन् ।
हाम्रा बुबा इजरायलको भूमिमा पाइला राख्दै हुनुहुन्छ, र ,हामी अवर्णनीय उत्साहले भरिएका छौं। अन्ततः ४८४ दिन लामो, डरलाग्दो दिन र रातहरू पछि हाम्रा बुबाको लागि अथाह चिन्ताले भरिएको हामी फेरि सास फेर्न सक्छौं,” विज्ञप्तिमा भनिएको छ।
अहिले ७९ बन्धकहरू अझै छन् जो आफ्ना प्रियजनहरूसँग पुनर्मिलनको लागि पर्खिरहेका छन्। हामीलाई आशा तपाईसँग छ। हामी इजरायल र संयुक्त राज्य अमेरिकाका सरकारहरूलाई पनि यो आशिषपूर्ण सम्झौतालाई सफल बनाउन धन्यवाद दिन चाहन्छौं ,बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
“हामी आफ्नो जीवन र शरीरलाई जोखिममा पार्ने अविश्वसनीय आइडिएफ सैनिकहरू र सुरक्षा बलहरूप्रति आभारी छौं, र हामी सबैको खातिर आफ्ना सबैभन्दा बहुमूल्य प्रियजनहरू गुमाएका शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गर्दछौं,” विज्ञप्तिमा भनिएको छ। तपाईहरु सधैं हाम्रो हृदयमा रहनु हुनेछ।
प्रतिक्रिया