अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सोमालियामा आइएसईएस आतंककारीका गुफाहरुमा अमेरिकी आक्रमण गरिएको छ । अमेरिकी हवाई आक्रमणले ‘धेरै’ आइएसआइएस आतंककारीहरूलाई मारेको उनले दाबी गरे ।
ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा आज बिहान उनले आक्रमणको आदेश दिएको जनाए । उनले आज बिहान मैले सोमालियामा वरिष्ठ आईएसआइएस आक्रमण योजनाकार र उनले भर्ती गरेका र नेतृत्व गरेका अन्य आतंककारीहरूमाथि सटीक सैन्य हवाई आक्रमणको आदेश दिएको बताए ।
हामीले गुफाहरूमा लुकेका भेट्टाएका यी हत्याराहरूले संयुक्त राज्य अमेरिका र हाम्रा सहयोगीहरूलाई धम्की दिएको जनाए ।
हमलाहरूले उनीहरू बस्ने गुफाहरू नष्ट गरे, र धेरै आतंककारीहरूलाई कुनै पनि हिसाबले नागरिकहरूलाई हानी नगरी मारिएको बताए ।
ट्रम्पले अगाडी भने अमेरिकी सेनाले वर्षौंदेखि आक्रमण योजनाकारलाई लक्षित गर्दै आएको थियो । तर पूर्व राष्ट्रपति जो बाइडेन र उनका साथीहरूले काम पूरा गर्न पर्याप्त छिटो कारबाही नगरेको आरोप लगाए ।
आइएसआइएस र अमेरिकीहरूलाई आक्रमण गर्ने सबैलाई सन्देश यो हो कि “हामी तिमीहरुलाई फेला पार्नेछौं, र हामी तिमीहरुलाई सिध्याउने छौ !” उनले सामाजिक संजालमा लेखे ।
प्रतिक्रिया