कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलेअमेरिकामा कागजात नभएका नागरिकलाई आफ्नो जागिर “तुरून्त” छोड्न र कोलम्बियामा फर्कन आग्रह गरेका छन्।
साथै कोलम्बियाली सैनिक बिमानहरुले देश निकालाको सूचीमा परेका उनिहरुका नागरिकहरुलाई कोलम्बिया ल्याएको छ ।
यो घटनाले कोलम्बियाली आप्रवासीहरू, अमेरिकी-कोलम्बिया सम्बन्ध, र अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्छ। राष्ट्रपति पेट्रोको आह्वान अनुसार अवैधानिक रूपमा अमेरिका बसिरहेका कोलम्बियालीहरूलाई आफ्नो जागिर छोडेर स्वदेश फर्कन भनिएको छ।
साथै फर्कने व्यक्तिहरूलाई कोलम्बियाली सरकारको सामाजिक समृद्धि विभागले आर्थिक सहायता दिने योजना बनाएको छ।
यो नीति कोलम्बियाली आप्रवासीहरूका लागि कस्तो असर पार्नेछ भन्ने कुरा हेर्न बाँकी छ। धेरैले अमेरिका छोड्न अनिच्छुक हुन सक्छन् तर सरकारले दिएको आर्थिक सुविधाले केहीलाई फर्किन उत्प्रेरित गर्न सक्ने सिबिएसन्यूजले जनाएको छ ।
प्रतिक्रिया