अमेरिकन एयरलाइन्सले दुर्घटना पछि शुक्रबार देखि विचिटाबाट रेगन राष्ट्रिय विमानस्थल उडान पुनः सुरु गर्ने

इनेप्लिज २०८१ माघ १८ गते १:३५ मा प्रकाशित

अमेरिकन एयरलाइन्सले शुक्रबार देखि अमेरिकाको क्यान्सस राज्यको विचिटा शहर स्थित विमानस्थलबाट रेगन राष्ट्रिय विमानस्थल उडान पुनः सुरु गर्ने भएको छ ।

अमेरिकन एयरलाइन्सले शुक्रबार विचिटाबाट रेगन राष्ट्रिय विमानस्थलसम्मको क्षेत्रीय सेवा पुनः सुरु गर्ने भएको बिमानसेवा (एयरलाइन्स)ले सीएनएनलाई बताएको छ।

सिधा उडान दैनिक सञ्चालन हुने बताएको छ । जनवरी ८, २०२४ मा सेवा सुरु भएको थियो। बुधबार भएको दुर्घटनापछि उडान रद्द गरिएको थियो। दुर्घटनामा व्यावसायिक बिमान र सैन्य हेलिकप्टर(उदग्रविमान)मा सवार सबैको मृत्यु भएको छ ।

प्रतिक्रिया