ट्रम्पले मस्क र स्पेसएक्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अड्किएका दुई अन्तरिक्ष यात्रीलाई लिन जान आग्रह

इनेप्लिज २०८१ माघ १६ गते १२:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क र स्पेसएक्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन(केन्द्र)मा अड्किएका दुई अन्तरिक्ष यात्रीलाई लिन जान आग्रह गरेका छन् । ट्रम्पले आईएसएसमा अड्किएका अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई ल्याउन मस्क र स्पेसएक्स पठाउँदै गरेको बताएका छन्।

दुई अन्तरिक्ष यात्री ब्यारी “बुच” विल्मोर र सुनीता “सुनी” विलियम्स गत बर्षको जुनमा बोइङको स्टारलाइनरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा उडेका थिए। समस्याहरू अनुभव गरेपछि सेप्टेम्बरमा दुई अन्तरिक्ष यात्रीहरूलाई छोडेर पृथ्वीमा फर्किए। तर उनीहरू फेब्रुअरीमा स्पेसएक्स क्रू-९ ड्र्यागन अन्तरिक्ष यानमा फर्कने अपेक्षा गरिएको थियो।

ट्रम्पले इलन चाँडै आउने भन्दै बिश्वकै सर्वाधिक धनाढ्य व्यवसायीलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया