अमेरिकाको फिलाडेल्फियामा सम्पन्न एनएफसि खेल पछि ईगल्स टोलीका प्रशंसकलाई गाडीले ठक्कर दिँदा ३ जना घाइते भएका छन् । यसै सिलसिलामा एक व्यक्ति सोधपुछको लागि हिरासतमा लिइएको एबिसीन्यूजले जनाएको छ ।
गत आइतबार राति पेन्सेलभेनिया राज्यको फिलाडेल्फिया ईगल्स अमेरिकी फुटबल (भकुण्डो)टोलीले एफएफसी प्रतियोगितामा डिसीको कमान्डर खेल टोलीलाई हराए पछि एउटा सवारी साधन (कार)ले रमाइलो गर्नेहरूको भीडमा ठक्कर दिंदा ३ जना घाइते भएका हुन् ।
फिलाडेल्फिया प्रहरी विभागका अनुसार स्प्रिंग गार्डेन छिमेकमा भएको दुर्घटनामा तीन जना घाइते भएका थिए । यद्यपि कुनै पनि गम्भीर चोटपटक नलागेको र जोखिमपूर्ण नरहेको बिभागले जनाएको छ ।
एनएफसी प्रतियोगिता खेलमा ईगल्सले वाशिंगटन कमाण्डर्सलाई ५५-२३ ले हराएको थियो । दुर्घटना राति ९:३० बजे सेन्टर सिटी नजिकै भएको थियो, जुन फिलाडेल्फियाको सबैभन्दा तले छिमेकहरू मध्ये एक हो ।
प्रहरीले सामाजिक संजाल एक्समा घटना जानीजानी भएको नदेखिएको बताएको छ । फिलाडेल्फिया प्रहरी विभागका अनुसार गाडी भित्र रहेका एक व्यक्तिलाई सोधपुछको लागि हिरासतमा लिइएको छ ।
प्रतिक्रिया