अमेरिका भरिका विभिन्न शहर तथा राज्यहरुमा हत्या र यौन अपराध सहित गम्भीर अपराधमा दोषी ठहरिएका व्यक्तिहरू पक्राउ परेका छन् ।
ट्रम्पका सीमा जार भनिने टम होमनले आइतबार एनबीसी न्यूजलाई हत्या र यौन अपराध सहित गम्भीर अपराधमा दोषी ठहरिएका धेरै व्यक्तिहरूलाई पक्राउ गरिएको बताए ।
आईसिइले आइतबार ९५६ जनालाई पक्राउ गरेको छ । ट्रम्प प्रशासनले अहिलेसम्मको एक दिनको सबै भन्दा ठूलो पक्राउ संख्या हो। ट्रम्पले सोमबार पदभार ग्रहण गरेदेखि आइसिइले कम्तिमा २,६८१ जनालाई पक्राउ गरेको छ।
होमनले शिकागोमा आइतबार पक्राउ परेका व्यक्तिहरूमा गम्भीर यौन अपराधमा दोषी ठहरिएका छ जना, धेरै गिरोह सदस्यहरू र पहिले हत्या र बढ्दो यौन दुर्व्यवहारको दोषी ठहरिएका दुई जना समावेश रहेका बताए ।
वाशिंगटन पोस्टले आइतबार चार जना जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पका अधिकारीहरूलाई आईसिइलाई प्रति दिन १,२०० देखि १,५०० मानिसहरूलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
त्यस्तै कोलोराडोको रकी माउन्टेन बिभागका अनुसार आफ्ना संघीय र स्थानीय साझेदारहरूसँग मिलेर आइतबार बिहान कोलोराडोको एडम्स काउन्टीमा “अस्थायी नाइटक्लब” मा एक कारवाही संचालन गर्यो, जहाँ अनुमति बिना देशका लगभग ५० जनालाई हिरासतमा लिइएको छ ।
वाशिंगटन, क्यालिफोर्निया, लुजीयाना, न्यूयोर्क र अन्य राज्यहरूमा रहेका आईसिइ बिभागहरूले पक्राउ गरेको सामाजिक संजालमा उल्लेख गरिएको एनबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया