अमेरिकी रक्षा सचिव हेग्सेथ र इजरायली प्रधानमन्त्री नेतान्याहू बीच परिचयात्मक कुराकानी

इनेप्लिज २०८१ माघ १४ गते ०:४० मा प्रकाशित

भर्खरै अमेरिकी सिनेटले अनुमोदन गरेको अमेरिकी रक्षा सचिव पिट हेग्सेथले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग परिचयात्मक कुराकानी गरेका छन् ।

अमेरिकी वरिष्ठ रक्षा अधिकारीको विज्ञप्ति अनुसार हेग्सेथले आइतबार नेतान्याहूसँग परिचयात्मक कुराकानी गरेका थिए ।

“दुवै नेताहरूले विशेष गरी निरन्तर खतराहरूको सामना गर्दा पारस्परिक सुरक्षा हित र प्राथमिकताहरूलाई अगाडि बढाउने महत्त्वबारे छलफल गरे,” विज्ञप्तिमा भनिएको छ।

हेग्सेथले विज्ञप्ति अनुसार इजरायलसँग “आफैंको रक्षा गर्न आवश्यक क्षमताहरू छन्” भन्ने कुरा सुनिश्चित गर्न अमेरिका “पूर्ण रूपमा प्रतिबद्ध” रहेको कुरामा नेतन्याहूलाई जोड दिए।

साथै दुवै नेताहरू निरन्तर सम्पर्कमा रहन सहमत भएका छन् ।

प्रतिक्रिया