इजरायल र हमास “सम्झौता अनुसार” हमासले अन्य तीन बन्धकहरूलाई हस्तान्तरण गर्ने

इनेप्लिज २०८१ माघ १३ गते २३:४१ मा प्रकाशित

इजरायल तथा हमास “सम्झौता अनुसार” हमासले अन्य तीन बन्धकहरूलाई हस्तान्तरण गर्ने भएको छ । हमासले बन्धकहरूलाई रिहा गर्न र नागरिकहरूलाई उत्तरी गाजामा फर्कन सहमति जनाएको छ।

हमासले अर्को शुक्रबार अघि इजरायली बन्धक अर्बेल येहुदा, एक नागरिक र दुई अन्य बन्धकहरूलाई मुक्त गर्ने कतारी विदेश मन्त्रालयका प्रवक्ताले आइतबार सामाजिक संजाल एक्स मार्फत बताएका छन् ।

हमासले त्यसपछि अर्को शनिबार “सम्झौता अनुसार” अन्य तीन बन्धकहरूलाई हस्तान्तरण गर्नेछ, कतारी विदेश मन्त्रालयका प्रवक्ताले भने।

कतारी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार बदलामा इजरायली अधिकारीहरूले गाजा भूभागमा विस्थापित मानिसहरूलाई सोमबार बिहान गाजाको “उत्तरी क्षेत्रहरू” मा फर्कन अनुमति दिनेछन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले अद्यावधिक सम्झौताको पुष्टि गरेको छ । जसमा येहुदा, एक इजरायली सैनिक अगाम बर्गर र अर्को नाम नखुलेका बन्धकहरूलाई बिहीबार रिहा गरिने भनिएको नेतान्याहूको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।

नेतान्याहूको कार्यालयको विज्ञप्तिमा भनिएको छ, “इजरायलले हमासबाट चरण ए मा रिहा गरिने सबै बन्धकहरूको अवस्थासहितको सूची प्राप्त गरेको छ।”

प्रतिक्रिया