राष्ट्रपति ट्रम्पलाई सामाजिक संजालमा धम्की दिएको आरोपमा फ्लोरिडाका एक जना पक्राउ

इनेप्लिज २०८१ माघ १३ गते १८:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक संजालमा धम्की दिएको आरोपमा फ्लोरिडाका एक जनालाई पक्राउ गरिएको छ । उनले पक्राउ परे पछि ठट्टा गरेको प्रहरीलाई बयान दिए ।

उनले सामाजिक संजाल फेसबुकमा प्रकाशन गरेको गरेको स्वीकार गरे तर उनले “ठट्टा” गरेको बताए । एबिसीन्यूजका अनुसार ट्रम्पको मारा लागो भवनबाट केही टाढा रहेको वेस्ट पाम बीच शहरमा रहेको उनको घर नजिकै ४६ वर्षीय श्यानन डेपारारो एटकिन्सलाई शुक्रबार हिरासतमा लिइएको थियो।

वेस्ट पाम बीच प्रहरी विभागका प्रमुख टोनी अराउजोले शनिबार एक पत्रकार सम्मेलनमा एटकिन्सले आफ्नो सामाजिक खातामा ट्रम्पको बारेमा “हिंसक बयानबाजी” प्रकाशन गरेको आरोप लगाएको बताए ।

प्रहरी प्रमुख अराउजोका अनुसार कम्तिमा जुलाई २०२४ मा एउटा प्रकाशितमा ट्रम्पको हत्या प्रयाससँग सम्बन्धित थियो। गत शुक्रबार राति एटकिन्सलाई कुनै घटना बिना नै हिरासतमा लिइएको थियो। प्रहरीका अनुसार उनीसँग लागू पदार्थ कोकिन भेटिएको थियो।

अमेरिकी गोप्य सेवालाई पक्राउको बारेमा सूचित गरिएको थियो ।

प्रतिक्रिया