ट्रम्पद्वारा १७ जना स्वतन्त्र निगरानीकर्ता (वाचडग)हरू बर्खास्त

इनेप्लिज २०८१ माघ १२ गते १६:५९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार अलि ढिलो १७ जना स्वतन्त्र निगरानीकर्ता (वाचडग)हरू बर्खास्त गरेका छन् । उनले बिभिन्न निकाय (एजेन्सी)हरुमा कार्यरत स्वतन्त्र निगरानीकर्ताहरुलाई बर्खास्त गरेका हुन् ।

गत शुक्रबार महानिरीक्षक भनेर चिनिने स्वतन्त्र निगरानीकर्ताहरुलाई बर्खास्त गरेको यस कदमसँग परिचित स्रोतहरूले एबीसी न्यूजलाई बताए।

प्रभावित भएका सबै महानिरीक्षक(आईजी)हरूको पूर्ण सूची अझै प्राप्त नभई सकेको एबिसीन्यूजले जनाएको छ । न्याय विभागका महानिरीक्षक माइकल होरोविट्जले हिजो साँझसम्म उनलाई बर्खास्त गरिएको सूचना प्राप्त नगरेको बताए । होरोविट्ज ओबामाद्वारा नियुक्त गरिएका व्यक्ति हुन् । उनि ट्रम्प र बाइडेन प्रशासन दुवैको आलोचना गर्ने प्रतिवेदनहरू जारी गरेका छन्।

शनिबार बिहान टिप्पणीमा डेमोक्र्याटिक नेता चक शुमरले ट्रम्प प्रशासनको कदमको आलोचना गर्दै भने कि बर्खास्तहरू संघीय कानूनको सम्भावित उल्लङ्घन भएको बताए ।

प्रतिक्रिया