चार इजरायली महिला सैनिक बन्धकहरू गाजामा रिहा ,इजरायली भूभागमा प्रवेश

इनेप्लिज २०८१ माघ १२ गते १२:०३ मा प्रकाशित

इजरायल रक्षा बल र इजरायल सुरक्षा निकाएले जारी गरेको एक विज्ञप्ति अनुसार फर्केका चार बन्धकहरू क्रमस डेनिला गिल्बोआ, लिरी अल्बाग, नामा लेवी र करिना एरिभ इजरायली क्षेत्रमा प्रवेश गरेका छन्।

“केही समय अघि उनीहरु आइडिएफ र आइएसए बलहरूसँगै फर्केका चार बन्धकहरूले इजरायली क्षेत्रमा सीमा पार गरे,” विज्ञप्तिमा भनिएको छ। उनीहरु ४७७ दिन पछि रिहा भएका हुन् ।

अपेक्षित बन्धक रिहाइभन्दा अगाडि हमासका लडाकुहरू र सवारी साधनहरूको ठूलो भीड पनि जम्मा भएको छ ।

हमासले २० वर्षीया करिना एरिभ,२० वर्षीया डेनिला गिल्बोआ; २० वर्षीया नामा लेवी; तथा १९ वर्षीया लिरी अल्बाग लाई रिहा गरेको छ । बदलामा इजरायलले कारागारमा रहेका २०० प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ।

इजरायल रक्षा बल र इजरायल सुरक्षा निकाएको अनुसार भर्खरै रिहा गरिएका चार बन्धकहरूलाई दक्षिणी इजरायलमा आफ्ना आमाबाबुसँग पुनर्मिलन गरिएको र स्थानीय अस्पतालमा “प्रारम्भिक चिकित्सा मूल्याङ्कन गरिने छ ।

प्रतिक्रिया