टेक्सास, अमेरिका – प्रवासी नेपालीहरूको हकहित संरक्षण, संगठित प्रतिनिधित्व, र समुदायका आवश्यकताहरूलाई सम्बोधन गर्ने उद्देश्यले प्रवास नेपाली सम्पर्क समिति, टेक्सासको राज्य कार्यसमिति गठन गरिएको छ।
समितिले प्रवासी नेपाली समुदायलाई एकजुट गर्दै विविध कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ।
टेक्सास राज्य कार्यसमितिका पदाधिकारीहरूमा क्रमस संयोजकमा रवीन पाठक,उपसंयोजकमा राज अधिकारी,सचिवमा अर्जुन फुँयाल तथा कोषाध्यक्षमा रमेश थापा रहेका छन् ।
त्यस्तै समिति सदस्यहरूमा क्रमस सुचना पन्त,ईश्वर ढकाल, राजीव गुप्ता, टंक मणि घिमिरे, केशव थपलिया, बिप्लव पराजुली, सुदीप कँडेल, शम्भु गैरे तथा प्रेम पौडेल रहेका छन् ।
टेक्सास राज्य कार्यसमिति समितिका बिभिन्न उद्देश्य तथा भावी योजनाहरू समेत रहेका छन् ।
समितिले टेक्सासमा रहेका नेपाली समुदायका हकहित संरक्षण, सामाजिक एकता, तथा सांस्कृतिक प्रवर्द्धनका लागि निम्न प्रमुख योजनाहरू कार्यान्वयन गर्ने जनाएको छ ।
समितिले नेपाली भाषा, संस्कृति, र पहिचान प्रवर्द्धन गर्ने कार्यक्रमहरू, सामुदायिक सेवासँग सम्बन्धित कल्याणकारी तथा सहयोगात्मक गतिविधिहरू,आर्थिक सशक्तीकरणका अवसरहरू तथा उद्यमशीलता प्रोत्साहन,प्रवासी नेपालीहरू र नेपाल बीचको सम्बन्ध सुदृढ बनाउने पहल गर्ने बताएको छ ।
त्यस्तै समितिले आगामी दिनहरूमा विभिन्न सामाजिक, सांस्कृतिक, र आर्थिक कार्यक्रमहरू आयोजना गर्दै प्रवासी नेपाली समुदायलाई सक्रिय रूपमा सहभागी गराउने योजना बनाएको छ।
यदि तपाईहरु मध्ये कोही प्रवास नेपाली सम्पर्क समिति, टेक्साससँग जोडिन इच्छुक हुनुहुन्छ भने निम्न फारम (आवेदन पत्र )भर्नु पर्ने छ ।
अमेरिका – टेक्सास राज्य कार्यसमिति गठन :आवेदन पत्र (फारम )भर्न यहाँ क्लिक गर्नुहोस्: https://docs.google.com/forms/d/e/1FAIpQLSfS1kKx-ogaJZk4ELn4GXQvNM30Cyu5NYNViQl1mML2foBVTg/viewform
प्रतिक्रिया