मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन्

बेद प्रसाद घिमिरे २०८१ माघ ७ गते ११:३९ मा प्रकाशित

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका हुन् । उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।

साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन्।धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोशीको पानी ल्याउनुको विकल्प नरहेको र त्यसका लागि केन्द्रीय सरकारले बजेट छुट्याउनैपर्ने उनको जिकिर छ।

सुरुङमार्फत तमोर नदीको ल्याउने योजना दिवा सपना मात्रै भएको उनले बताए।

तमोरको पानी ल्याउँदा ड्याम्प बनाउनुपर्ने र त्यसले हजारौं स्थानीयलाई विस्थापित गर्ने र जलाधार क्षेत्र समेत नाश हुने उनको तर्क छ।

प्रतिक्रिया