हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू इजरायल फर्किए,इजरायलीहरूमा हर्षोल्लासको वातावरण

इनेप्लिज २०८१ माघ ६ गते १६:१९ मा प्रकाशित

इजरायली सेनाको एक विज्ञप्ति अनुसार आइतबार हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू अब इजरायल फर्किएका छन्।

रोमी गोनेन, डोरोन स्टेनब्रेचर र एमिली दमारीलाई उनीहरूका आमाहरूसँग पुनर्मिलन गराईने छ भने उनीहरूलाई भेट्न दक्षिणी इजरायलको रेइम गएका थिए। रिहा गरिएका बन्धकहरूलाई उनीहरूको प्रारम्भिक चिकित्सा मूल्याङ्कन गरिने सेनाले बताएको छ ।

त्यसपछि उनीहरूलाई तेल अभिभको शेबा अस्पतालमा स्थानान्तरण गरिनेछ। यसअघि रेडक्रसले बन्धकहरूलाई गाजामा रहेको इजरायली सेनामा स्थानान्तरण गरेको सेनाले एक विज्ञप्तिमा भनेको छ।

“प्रारम्भिक चिकित्सा परीक्षण पछि तीन जना बन्धकहरूको अवस्था राम्रो रहेको अधिकारीले बताए । तीन जना बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको खबर सार्वजनिक भएपछि इजरायलीहरूले हर्षोल्लास मनाएका छन् ।

त्यहाँ उपस्थित भएका इजरायलीहरूले तेल अभिभमा “रोमी फर्किँदैछिन्! एमिली फर्किँदैछिन्! डोरोन फर्किँदैछिन्!” जस्ता नारा लगाए।

प्रतिक्रिया