हमासद्वारा रिहा हुने भनिएका तीन महिला इजरायली बन्धकहरूको नाम सहित इजरायलद्वारा ३३ जनाको नाम सार्वजनिक

इनेप्लिज २०८१ माघ ६ गते १३:०६ मा प्रकाशित

हमासले आइतबार रिहा हुने भनिएका तीन महिला इजरायली बन्धकहरूको नाम सार्वजनिक गरेको छ। इजरायलले ३३ जनाको सूची प्राप्त गरेको पुष्टि गरेको छ । रिहा हुने महिला बन्धकहरूमा क्रमस २४ बर्षिय रोमी गोनेन ,३१ बर्षिय डोरोन स्टेनब्रेचर र २८ बर्षिय दोहोरो बेलायत-इजरायली नागरिक एमिली डमारी रहेका छन् । इजरायलले ३३ जनाको नाम सार्वजनिक गरेको छ ।

अक्टोबर ७, २०२३ मा नोभा संगीत महोत्सवबाट अपहरण हुँदा गोनेन २३ वर्षकी थिइन्। उनको परिवारले आक्रमणको क्रममा उनको हातमा गोली लागेको बताएको छ। उनकी आमा, मीराभ लेशेम गोनेनका अनुसार, गोनेनसँगै राखिएका र पछि रिहा गरिएका केही बन्धकहरूले बन्धनमा रहँदा उनको चोटपटक बढेको बताएकी छिन् ।

त्यस्तै एक पशु चिकित्सा स्वास्थ्य परिचारिका (नर्स) स्टेनब्रेचरलाई गाजा सीमा नजिकै किबुट्ज कफर अजामा रहेको उनको आवासगृह (अपार्टमेन्ट)बाट अपहरण गर्दा ३० वर्षकी थिइन्। गत वर्ष जनवरीमा हमासले दुई अन्य अपहरण गरिएका महिलाहरूसँग उनलाई देखाएको श्रब्यदृश्य (भिडियो )सार्वजनिक गरेको थियो। उनको श्रब्यदृश्य (फुटेज) हेरेपछि उनको परिवारले उनको स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गरेका थिए ।

डोरोनका भाइ डोर स्टेनब्रेचरले सिएनएनलाई उनीलाई दैनिक औषधि चाहिने र बन्दी हुँदा पाउने सम्भावना कम रहेको बताएका छन् ।

यसै गरि डमारीलाई २७ वर्षकी हुँदा उनको घर कफर अजाबाट अपहरण गरिएको थियो। उनकी आमा, म्यान्डी डमारीले उनकी छोरीलाई “हातमा गोली हानिएको थियो । खुट्टामा छर्राले घाइते बनाएको थियो, आँखामा पट्टी बाँधिएको थियो, आफ्नै गाडीको पछाडि बाँधिएको थियो” र गाजा लगिएको पहिले नै बताएकी थिइन् । उनी गाजामा हिरासतमा लिइएकी एक मात्र बाँकी बेलायती नागरिक हुन्।

अक्टोबर ७, २०२३ मा, हमास नेतृत्वका लडाकुहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरेका थिए। लडाकुहरूले ९४ जनालाई बन्धक बनाएका छन्। तीमध्ये ३४ जनाको मृत्यु भएको मानिन्छ (यद्यपि वास्तविक संख्या बढी हुने अपेक्षा गरिएको छ)। ८१ जना पुरुष र १३ जना महिला छन्; दुई जना पाँच वर्ष वा सोभन्दा कम उमेरका छन्।

आइतबार बिहानदेखि लागू भएको युद्धविरामको पहिलो चरणमा इजरायली सरकारले ३३ जना बन्धकहरूलाई रिहा गर्ने निर्णय गरेको छ। नाम उल्लेख गरिएका व्यक्तिहरूमध्ये कति जना जीवित छन् भन्ने कुरा स्पष्ट नभएको सिएनएनले जनाएको छ ।

३३ जनामध्ये ३१ जनालाई अक्टोबर ७, २०२३ मा इजरायलबाट लिइएको थियो। रिहा हुने अन्य दुई बन्धकहरूलाई क्रमशः २०१४ र २०१५ देखि हिरासतमा राखिएको थियो ।

रिहा हुने निर्णय भएकाहरूमा हमासद्वारा राखिएका दुई कान्छा बन्धकहरूमा केफिर र एरियल बिबास पनि छन्, जो जीवित भएमा क्रमशः दुई र पाँच वर्षका हुनेछन्।

प्रतिक्रिया