ट्रम्पले निकाले आफ्नै सिक्का ,बजार मूल्य रातारात २७ बिलियन डलर पुग्यो

इनेप्लिज २०८१ माघ ५ गते २३:०८ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार राति आफ्नै सिक्का आरम्भ गरे अर्थात् क्रिप्टोकरेन्सी लन्च गरे। शनिबार दिउँसोसम्म ट्रम्प मम क्वेनको बजार पूँजीकरण ५ बिलियन रहेको सिबिएसन्यूजले जनाएको छ ।

ट्रम्पले सिक्का आरम्भ गर्ना साथ यसको मूल्य बढ्दै गइरहेको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो आधिकारिक नाम ट्रम्प मेम क्वेन ( $TRUMP Meme Moin )नाम भएको सिक्का घोषणा गरे। ट्रम्प सिक्का शनिबार बिहान ३३.७८ डलरमा आकाशिएको थियो ।

हाल लगभग २७ डलरमा रहेको छ । क्वेंमार्केटक्याप डटकमका अनुसार बजार पूँजीकरण अब ५.४ बिलियन रहेको छ। तर पूर्ण रूपमा मुल्याङ्कन लगभग २७ बिलियन डलर रहेको समाचारमा उल्लेख गरिएको छ ।

आगामी सोमबार ट्रम्पको उद्घाटन हुनुभन्दा ठीक अगाडि उनले आफ्नै सिक्का प्रारम्भ गरेका हुन् । ट्रम्पले आफ्नो पहिलो दिन वा त्यसको लगत्तै बिटक्वाइन र क्रिप्टो उद्योगमा कार्यकारी आदेश जारी गर्ने बताइएको छ।

प्रतिक्रिया