युक्रेन क्यालिफोर्नियाको लस एन्जेलसमा लागेको विनाशकारी आगलागीसँग लड्न उद्धारकर्ता पठाउन तयार भएको छ । युक्रेनले सहयोग गर्न प्रस्ताव गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यालिफोर्नियामा लागेको विनाशकारी आगलागीसँग लड्न उद्धारकर्ता पठाउन सक्ने बताए ।
“त्यहाँको अवस्था अत्यन्तै कठिन छ, र युक्रेनीहरूले अमेरिकीहरूलाई जीवन बचाउन मद्दत गर्न सक्छन्,” जेलेन्स्कीले सामाजिक संजाल एक्समा लेखे । हामीले सम्बन्धित माध्यमहरू मार्फत अमेरिकी पक्षलाई हाम्रो सहयोग प्रस्ताव गरेका छौं। हाम्रा १५० अग्निनियन्त्रकहरू पहिले नै तयार छन्।”
हाल लस एन्जेलसमा लागेको आगो निभाउन मेक्सिको र क्यानडाका अग्निनियन्त्रकहरूलाई पनि क्यालिफोर्नियामा खटाइएको छ।
प्रतिक्रिया