लस एन्जेलसको आगोमा परि पूर्व बाल कलाकार रोरी साइक्सको मृत्यु

इनेप्लिज २०८१ पुष २९ गते १९:४० मा प्रकाशित

लस एन्जेलसको आगोमा परि पूर्व बाल कलाकार रोरी साइक्सको मृत्यु भएको छ ।

एक अस्ट्रेलियाली आमाले लस एन्जलस क्षेत्रको जङ्गलको आगोबाट आफ्नो अन्धो छोरालाई पानीको आपूर्ति  नहुँदा बचाउन नसकिएको बताइन्।

एक टिभी ( दूरदर्शन) उत्पादन उद्यमी शेली साइक्सले अष्ट्रेलियाली सॅचार माध्यमलाई  आफ्नो ३२ वर्षीय छोरा रोरी साइक्सलाई बचाउन नसकिएको बताएकी हुन्।

हावा फैलिएको कारण डडेलोले लस एन्जलसमा कम्तिमा २४ व्यक्तिको मृत्यु भएको छ । हजारौ हजार घरहरू ध्वस्त भएका छन् भने डडेलो रोकिने अझै छाटकाट देखिएको छैन्।

साइक्सले उनी र उनको छोरा लस एन्जलस काउन्टीको समुद्री किनारको शहर मालिबुमा १७ एककको सम्पत्तिमा बसोबास गर्थे । रोरी साइक्स जो १९९० को दशकमा बेलायती दूरदर्शनकार्यक्रम “किडी केपर्स” मा अभिनय गरेका थिए ।

उनको सम्पत्तिमा छोराको आफ्नै कटेरो भएको र त्यही उनि बस्थे । उनको छोरा अन्धो भएको र हिँड्न गाह्रो भएकोले डडेलोको चपेटामा परेको सिविएसन्यूजले जनाएको छ । आमाले सामाजिक सॅजालमा एक्समा तस्विरहरु समेत प्रकाशित गरेकी छिन्।

प्रतिक्रिया