जापानमा ६.८ परिमाणको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इनेप्लिज २०८१ पुष २९ गते १५:१२ मा प्रकाशित
Screenshot

दक्षिणपश्चिम जापानमा ६.८ म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएको छ।

जापानको मौसम विज्ञान निकायले सोमबार सुनामीको खतराका कारण जनतालाई तटीय क्षेत्रबाट टाढा रहन चेतावनी दिएको छ।

मियाजाकी प्रान्त भूकम्प केन्द्र बिन्दु रहेको थियो।

दक्षिणपश्चिमी टापु क्युशु र नजिकैको शिकोकु टापुमा बिहान ९:१९ मा भूकम्प गएको केही समयपछि सुनामीको सूचना जारी गरिएको थियो। 

क्षतिको तत्काल कुनै विवरण नआएको सिविएसन्यूजले जनाएको छ । केही तटीय क्षेत्रका बासिन्दाहरूलाई सावधानीका रूपमा बाहिर निस्कन भनिएको थियो। 

क्युसुमा केही सिँढीहरूबाट खसेर एक जना व्यक्ति सामान्य घाइते भएका छन्।

 एनएचके दूरदर्शन( टिभी)ले भूकम्प गएको ३० मिनेट भित्रमा ३.२ फिटसम्म अग्लो सुनामी आएको बताएको छ । 

३० किलोमिटर (१८.६ माइल) गहिराइमा केन्द्रित भूकम्पले दक्षिणपश्चिमी मुख्य टापु क्युसुको फराकिलो क्षेत्रलाई हल्लाएो जापानको मौसम विज्ञान निकायले बताएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले आफ्नो अनुमानलाई ६.९ बाट घटाएर  अमेरिकाका लागि यस भूकम्पबाट सुनामीको खतरा नभएको जनाएको छ ।

प्रतिक्रिया