जेलेन्स्कीद्वारा कब्जामा रहेका उत्तर कोरियाली सैनिकहरूलाई रिहा गर्ने प्रस्ताव

इनेप्लिज २०८१ पुष २९ गते १२:२५ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसमा बन्दी बनाइएका युक्रेनी सैनिकहरूको बदलामा रूसको कुर्स्क क्षेत्रमा युक्रेनद्वारा कब्जा गरिएका उत्तर कोरियाली सैनिकहरूलाई रिहा गर्न इच्छुक रहेको बताएका छन्।

“युक्रेन (उत्तर कोरियाली नेता) किम जोङ उनका सैनिकहरूलाई रूसमा बन्दी बनाइएका हाम्रा योद्धाहरूको बदलाको व्यवस्था गर्न सक्छ भने उनलाई सुम्पन तयार छ,” जेलेन्स्कीले आइतबार सामाजिक संजाल एक्समा प्रकाशित गरेका छन् ।

उक्त श्रब्यदृश्य (भिडियो)मा दुई उत्तर कोरियाली युद्धबन्दीहरूलाई सोधपुछ गरिरहेको देखाइएको छ ।

गत शनिबार, युक्रेनले दुई उत्तर कोरियाली सैनिकहरूलाई कब्जा गरेको बताएको छ। पहिलो पटक किभले पृथक राज्यबाट सैनिकहरूलाई जीवितै कब्जा गरेको छ। मस्को र प्योङयाङ दुवैले आधिकारिक रूपमा रूसमा उत्तर कोरियाली सेनाको उपस्थिति स्वीकार गरेका छैनन्।

रूसको लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकहरू कुर्स्क क्षेत्रमा पक्राउ गरेको जेलेन्स्की बताएका छन् ।

जेलेन्स्कीले आइतबार साझा गरेको श्रब्यदृश्य (भिडियो)मा दुवै सैनिक घाइते देखिन्छन् र सम्भवतः दबाबमा बोलिरहेका छन्। प्रश्नकर्ताको प्रश्नहरूको अनुवाद गर्दै कोरियाली भाषा बोल्ने आवाज सुन्न सकिन्छ।

एक सैनिकको बङ्गारामा घाउ लागेको छ भने अर्कोको हातमा पट्टी बाँधिएको छ।

सिएनएनले जनाए अनुसार सुतिरहेका एक सैनिकले उनी युक्रेन विरुद्धको युद्धमा लडिरहेका छन् भन्ने थाहा नभएको बताएका छन् । उनका सेनापतिले उनलाई यो एक प्रशिक्षण अभ्यास हो भनेका थिए।

आइतबार पछि आफ्नो दैनिक सम्बोधनमा जेलेन्स्कीले एक सैनिकले “युक्रेनमा बस्ने इच्छा व्यक्त गरेको बताए ।

प्रतिक्रिया