अमेरिकाको जेटब्लु नामक बिमानको अवतरण दाँती(ल्यान्डीङ्ग गियर)डिब्बामा २ जना मृत फेला

इनेप्लिज २०८१ पुष २३ गते ११:५१ मा प्रकाशित

अमेरिकाको प्रसिद्ध जेटब्लु नामक बिमानसेवाको अवतरण दाँती(ल्यान्डीङ्ग गियर)डिब्बामा २ जना मृत फेला परेको बिमानले जनाएको छ ।

उडान पछि जेटब्लुले अवतरण दाँती डिब्बामा २ जना मृत फेला परेको बताएको छ । जेटब्लुले उनीहरु कसरी त्यहाँ पुगे भन्ने बारे स्पष्ट नभएको एबिसीन्यूजले जनाएको छ ।

अमेरिकाको फ्लोरिडाको फोर्ट लडरडेलमा अवतरण गरेपछि जेटब्लु विमानको अवतरण दाँती डिब्बामा (ल्यान्डिङ गियर कम्पार्टमेन्ट)मा दुई जना मृत फेला परेको एयरलाइन्सले मंगलबार एक विज्ञप्तिमा जनाएको छ ।

अझै सार्वजनिक रूपमा पहिचान नभएको शवहरू सोमबार साँझ “उडानपछिको नियमित मर्मतसम्भार निरीक्षणको क्रममा” फेला परेको बिमानसेवाले जनाएको छ।

“यस समयमा व्यक्तिहरूको पहिचान र तिनीहरूले कसरी विमानमा पहुँच गरे वरपरका परिस्थितिहरू अनुसन्धानमा रहेको बिज्ञप्तिमा बताईएको छ ।

यो एक हृदयविदारक अवस्था हो । हामी अधिकारीहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौं । र ,यो कसरी भयो भन्ने बारेमा अनुसन्धान भियो रहेको बिमानसेवाले जानकारी दिएको छ ।

प्रतिक्रिया