ट्रम्प प्रशासनलाई झट्का: अदालतद्वारा खालिलको सुपुर्दगी रोक्न आदेश 

इनेप्लिज २०८२ जेठ २९ गते २२:४४ मा प्रकाशित

एक संघीय न्यायाधीशले बुधबार कोलम्बिया विश्वविद्यालयका महमुद खालिललाई ट्रम्प प्रशासनले उल्लेख गरेको विदेश नीति कारणले देश निकाला वा हिरासतमा राख्न नपाउने फैसला सुनाएका छन्।

न्यु जर्सीका अमेरिकी जिल्ला न्यायाधीश माइकल फार्बियार्जले जारी गरेको प्रारम्भिक निषेधाज्ञा शुक्रबार बिहान मात्र लागू हुनेछ, जसले सरकारलाई अपील गर्ने मौका दिएको छ। 

तर, यो ट्रम्प प्रशासनले स्थायी आवासिय पत्र( ग्रीन कार्ड )धारक खालिललाई हटाउने प्रयासमा ठूलो धक्का हो। 

खालिललाई मार्चमा अध्यागमन गुप्तचरहरुले हिरासतमा लिएका थिए । हाल उनी लुजियाना हिरासतमा छन्।

यो फैसला विशेष गरी विदेश सचिव मार्को रुबियोको निर्धारणमा केन्द्रित छ, जसमा खालिलको “उपस्थिति वा गतिविधिले अमेरिकाको एक बाध्यकारी विदेश नीति हितमा सम्झौता गर्नेछ” भनिएको थियो। 

फार्बियार्जले यसअघि पनि खालिललाई देश निकाला गर्ने प्रयास असंवैधानिक हुन सक्ने बताएका थिए ।

फार्बियार्जले भने, “अदालतले तथ्यका आधारमा (खालिलको) जीवनचर्या र प्रतिष्ठामा क्षति पुगिरहेको र उनको अभिव्यक्तिमा रोक लगाइएको पाएको छ – र यसले अपूरणीय क्षति पुर्‍याउँछ।”

महत्वपूर्ण कुरा, फार्बियार्जले आफ्नो निष्कर्षले “विदेश सचिवको निर्धारण बाहेक अन्य कारणले (खालिललाई)हटाउने प्रयासमा कुनै प्रभाव नपार्ने” बताएका छन्। 

यसको अर्थ प्रशासनले खालिललाई अझै पनि उनको स्थायी आवासिय पत्र(ग्रीन कार्ड )आवेदनमा विवरणहरू छुटाएको आरोपमा देश निकाला गर्ने प्रयास गर्न सक्छ – जुन सरकारी वकिलहरूले उनको हिरासतको लागि अर्को कारण दिएका छन्।

तर फार्बियार्जले स्थायी आवासिय पत्र (ग्रीन कार्ड ) धारकहरूलाई आफ्नो कागजातमा जानकारी छुटाएको कारण हिरासतमा राख्नु धेरै दुर्लभ भएको बताए।

प्रतिक्रिया