लस एन्जलसमा जारी आप्रवासन विरोध प्रदर्शनसँग सम्बन्धित कम्तीमा ५ आपराधिक मुद्दा दायर गरिएको लस एन्जलसका जिल्ला वकिल नाथन होचम्यानले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।
गार्डेना, क्यालिफोर्नियाका जुआन रोड्रिगेज माथि शान्ति सुरक्षाकर्मीमाथि आक्रमण, गिरफ्तारीमा अवरोध र आगो खेलाउने पटाका प्रहरीमाथि प्रहार गरेको अभियोगमा ६ वर्ष ४ महिना कारागार सजाय माग गरिएको छ।
रेन्डी रुइज र जर्जिना रवालारोले भटभटे (मोटरसाइकल) प्रहरीमाथि ठोकेर घाइते बनाएको अभियोगमा समान सजाय माग गरिएको छ।
टिम्मी पाउल्क र राभेन मिचेलमाथि जुन ८ मा नाइकी पसल लुटपाट गरेको अभियोगमा दोस्रो दर्जाको चोरी र ठूलाे चाेरीको अभियोगमा ३ वर्षसम्मको सजायको माग गरिएको छ।
युलिसेस सान्चेजमाथि सानो मालबाहक गाडी (मिनिभ्यान)ले लस एन्जलस मुख्य शहर (डाउनटाउन)मा मानिसहरूलाई जोखिमा पारेको, हतियार बोकेको र धुम्रपान उपकरण साथमा राखेको अभियोग लागेको छ। उनलाई सजायको त्रि-प्रहार नियम अनुसार २५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ।
क्रिस्टोफर गोंजालेज र जोस्लिन जोनसनले आवासगृह र “हल अफ जस्टिस” नामक भवन तोडफोड गरेको अभियोगमा साढे ३ वर्ष जेल सजाय माग गरिएको छ।
होचम्यानले भने, “ईट्टा ,पटाका प्रहार अब कुनै हालतमा सहन गरिने छैन। अपराध गर्ने जो कोही माथि कानुनी कारबाही हुन्छ।” यद्यपि, उनले हजारौं प्रदर्शनकारीले शान्तिपूर्ण तरिकाले विरोध गरेको पनि उल्लेख गरे।
प्रतिक्रिया