लस एन्जलसमा बलात्कारका अभियुक्त ‘अवैध आप्रवासी’ पक्राउ , स्थानीय नेताहरूद्वारा विरोध प्रदर्शन

इनेप्लिज २०८२ जेठ ३० गते १:३२ मा प्रकाशित

लस एन्जलसमा आइसिइ विरोधी दंगा भइरहेकोबेला क्यालिफोर्नियाको बाल्डविन पार्क(शहर)मा बुधवार संघीय गुप्तचररूले बलात्कार र अन्य हिंसात्मक अपराधमा संलग्न एक ‘अवैध मेक्सिकन नागरिक’ लाई पक्राउ गरेका छन्।

फक्स न्यूजसँग विशेष रूपमा साझेदारी गरिएको एउटा श्रब्यदृश्य (भिडियो)मा आर्टुरो टेरोन-क्वेभेडोलाई नगर कक्ष (सिटी हल )भवन नजिकै हतकडी लगाइएको देख्न सकिन्छ।

एक वरिष्ठ अध्यागमन तथा भन्सार प्रवर्तन अधिकारीले फक्स न्यूजलाई बताए अनुसार टेरोन-क्वेभेडोलाई स्थानीय हिरासतबाट रिहा गरिएपछि आइसिइ लस एन्जलसका अधिकारी र आन्तरिक राजस्व सेवाका आपराधिक अनुसन्धानकर्ताले उनलाई गिरफ्तार गरेका थिए।

आइसिइ प्रवक्ताले पुष्टि गरेअनुसार, टेरोन-क्वेभेडोमाथि बलात्कार, घातक हतियारले आक्रमण गरी गम्भीर शारीरिक चोट पुर्‍याएको र शारीरिक चोट पुर्‍याएको आरोपहरू छन्।

यो गिरफ्तारी लस एन्जलसकी नगर प्रमुख (मेयर) करेन बास र अन्य ३० शहर अधिकारीहरूले बुधवार पत्रकार सम्मेलन गरेर आइसिइ गुप्तचरहरूले आपराधिक अभिलेख नभएका ‘अवैध आप्रवासीहरू’ लाई अन्यायपूर्ण रूपमा निशाना बनाएको आरोप लगाएको केही घण्टापछि भएको हो।

आइतबार बाल्डविन पार्क शहर र बाल्डविन पार्क प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै संस्थाहरूले “आफ्नो आप्रवासी समुदायलाई, आप्रवासीहरूको कानूनी स्थिति जस्तोसुकै भए पनि लामो समयदेखि समर्थन गर्दै आएको” उल्लेख गरेका थिए।

बाल्डविन पार्कका नगर प्रमुखअलेजान्ड्रा आभिलाले विज्ञप्तिमा लेखेका छन्, “नगर प्रमुखको रूपमा, म हाम्रा ‘कागजातविहीन आप्रवासी’ बासिन्दाहरू लगायत हाम्रा समुदायका सबै सदस्यहरूको लागि बोल्छु र वकालत गर्छु। शहरले तपाईको समुदायको सदस्यतालाई दृढतापूर्वक समर्थन गर्दछ। मलाई थाहा छ कि धेरैका लागि यो डरलाग्दो समय हो, र मलाई आशा छ कि बाल्डविन पार्क शहर र बाल्डविन पार्क प्रहरी विभागले हाम्रा सबै बासिन्दाहरूको कल्याणलाई समर्थन गर्दछ।”

बाल्डविन पार्क प्रहरी विभागले नागरिक अध्यागमन कानूनको प्रवर्तनमा सहभागी नहुने दोहोर्‍याउँदै छुट्टै विज्ञप्ति जारी गरेको थियो।

प्रहरी प्रमुख रोबर्ट लोपेजले एक विज्ञप्तिमा लेखेका छन्, हाम्रा बाल्डविन पार्कका प्रहरी अधिकारीहरू अध्यागमन प्रवर्तन गतिविधिहरूमा संलग्न छैनन्, र कुनै पनि तरिकाले हामी उनीहरूको संघीय कार्यहरूमा सहभागी छैनौं।

लोपेजले नागरिकहरूलाई “कानून प्रवर्तनमाथि आक्रमण नगर्न, तोडफोड नगर्न वा कुनै पनि कानून प्रवर्तन विरुद्ध अवैध व्यवहारमा संलग्न नहुन” अनुरोध पनि थपेका छन्।

प्रतिक्रिया