अमेरिकी सयुक्त सदनको बैठकमा उपराष्ट्रपति कमला ह्यारिसले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा बिजयी भएको घोषणा गरिन् । उनले प्रमाणित गर्दै ह्यारिसले कांग्रेसको संयुक्त सत्र समाप्त गरिन ।
ह्यारिसले आज जनवरी ६ सोमबारका दिन दिउँसो १ः३० बजेपछि कांग्रेसको संयुक्त बैठक भंग पनि गरिन । उपराष्ट्रपति दुवै सदनका सदस्यहरूसँग हात मिलाउँदै सदनको सभाकक्षमा प्रवेश गरिन ।
ह्यारिसले सिनेटको अध्यक्षको रूपमा आफ्नो भूमिका पूरा गर्दै नोभेम्बर ५ का दिन सम्पन्न निर्वाचक मण्डल(इलेक्टोरल कलेज )को गणना पछि ट्रम्पको विजयको घोषणा गरिन् । उनले ट्रम्पले ३१२ निर्वाचक मण्डल मत (इलेक्टोरल कलेज भोट )जितेको बताईन भने उनी आफैंले २२६ मत पाएकी छिन् । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २ सय ७० मत आवश्यक थियो ।
ह्यारिसले ट्रम्प र भ्यान्सको कुल निर्वाचक मण्डल मत (इलेक्टोरल कलेज )हरू घोषणा गर्दा रिपब्लिकनहरूले ताली बजाए। ह्यारिसको नतिजाका लागि डेमोक्र्याटहरूले पनि त्यस्तै गरे।
ह्यारिस र जोनसनले आफ्नो टिप्पणी पूरा गरेपछि हात मिलाए।
प्रतिक्रिया