अमेरिकाको भर्जिनिया राज्यमा नयाँ वर्ष २०२५ को दिन पक्राउ परेपछि चोरी भएको गाडीमा घरमै बनाइएको विस्फोटक पदार्थ फेला परेको छ ।
नयाँ वर्षको दिनमा पक्राउ परेका भर्जिनियाका एक व्यक्ति चोरीको शंकास्पद गाडीमा फेला परेको घरमा बनेको विस्फोटक पदार्थको सम्बन्धमा धेरै आरोपहरू सामना गरिरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
वारेन काउन्टी शेरिफको कार्यालयले शुक्रबार विवरण दिदै घटना जनवरी १ मा राती घटेको जनाएको छ । उक्त राती एक व्यक्तिले ९११ मा खबर गरे पछि संदिग्धलाई गाढा रंगको होन्डालाई सतर्कता जारी गरियो । उक्त गाडीमा दर्ता संख्या नदेखिने प्रकारको भएको र संदिग्धले मुखावरण (मास्क) लगाएका चालक थिए। उनले गाडीबाट बाटोमा सामानहरू फ्याकेका थिए ।
प्रहरीहरुले तत्काल गाडी पत्ता लगाउन सकेनन्। यद्यपि प्रहरीलहरुले संदिग्ध चालक अर्लिङ्टनका १९ वर्षीय जोर्डन अलेक्ज्याण्डर स्वीटम्यानलाई नजिकैको लिन्डेन गाउँको इन्धन चौकी (सेवेन इलेभेन ग्यास स्टेसन) मा भेट्टाएको शेरिफको कार्यालयले जनाएको छ।
उक्त व्यक्तिसँग चालक अनुमति पत्र नभएको शेरिफको कार्यालयले बताएको छ । चोरी भएको सवारीसाधनमा लगातार क्षति पुगेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार उनि मानसिक स्वास्थ्य समस्याबाट ग्रसितजस्तो देखिएकोले स्वीटम्यानलाई अस्पतालमा ल्याइएको थियो ।
त्यसपछि उनलाई स्थानीय कारागार राखिएको छ । प्रहरीको बिशेष टोलीले उक्त गाडीबाट विस्फोटक उपकरणहरू हटाए र नजिकैको पार्कमा विस्फोट गराएका थिए
स्वीटम्यानले अन्य आरोपहरू बाहेक विस्फोटक उपकरणहरू निर्माण गरेको र उपकरण राख्ने अपराधको गणनाको सामना गरिरहेका छन् ।
प्रतिक्रिया