ट्रम्पलाई सपथ ग्रहण अगाडी आपत, न्यायाधीश जुआन मर्चनद्वारा ट्रम्पलाई सजाय सुनाउन जनवरी १० मा हाजिर हुन आदेश

इनेप्लिज २०८१ पुष २० गते १२:१५ मा प्रकाशित

न्यूयोर्कका एक न्यायाधिश जुआन मर्चनले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सजाय सुनाउन जनवरी १० मा हाजिर हुन आदेश दिइएका छन् । उनको सपथ ग्रहण जनवरी २०,२०२५ मा हुनेछ ।

ट्रम्पको चुप लगाउन अश्लिल चलचित्रकी नायिकालाई १ लाख ३० हजार डलर भुक्तान गरेकोमा उक्त मुद्दामा न्यायाधीशले उनलाई अनकन्डिसनल डिस्चार्ज अर्थात् ‘बिना शर्त रिहाई ‘ को सजाय दिने अपेक्षा गरिएको छ।

एबिसीन्यूजका अनुसार न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई सजाय सुनाउन जनवरी १० मा हाजिर हुन आदेश दिएका छन् ।

ट्रम्पको न्युयोर्कको आपराधिक चुप लगाउन दिइएको रकम (हश मनी )मुद्दा मामला सम्बन्धमा न्यायाधीशले निर्वाचित राष्ट्रपतिको प्रतिरक्षा सिद्धान्तको सम्मानमा “बिना शर्त डिस्चार्ज” को सजाय दिन चाहेको एबिसीन्यूजले उल्लेख गरेको छ ।

न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जनवरी १० मा जुन ट्रम्पको राष्ट्रपतिको सपथ ग्रहण उद्घाटन हुनुभन्दा १० दिन अघिको दिन हो । न्यायधिशले व्यक्तिगत रूपमा वा परोक्ष (भर्चुअल) रुपमा उपस्थित हुन आदेश दिएका छन् ।

मर्चनले शुक्रबार आफ्नो निर्णयमा, बिना शर्त रिहाईलाई ” सम्पूर्णता(अन्त)सुनिश्चित गर्न र प्रतिवादीलाई आफ्नो अपील विकल्पहरू पछ्याउन अनुमति दिनको लागि सबैभन्दा व्यवहार्य समाधान” भने।

ट्रम्पले आफ्नो अभियोगको लागि चार वर्षसम्म कारागार सजाय भोग्नुपर्ने सम्भावना छ, यद्यपि बिना शर्त रिहाई (डिस्चार्ज)को सजायको अर्थ ट्रम्प कारागार , जरिवाना वा परीक्षणकालबाट जोगिने छन् ।

ट्रम्पको कानूनी टोलीले जनवरी १० को सजाय रोक्न प्रयास गर्ने अपेक्षा गरिएको छ । उनका वकिलहरूले न्यूयोर्कको अपिल अदालतलाई हस्तक्षेप गर्न र सजाय सुनुवाइलाई अगाडि बढ्नबाट रोक्न आग्रह गर्न चाहेको एबिसीन्यूजले बताएको छ ।

ट्रम्पका प्रवक्ता स्टिभन चेउङले एक विज्ञप्तिमा मर्चनको निर्णयलाई “सर्वोच्च अदालतको प्रतिरक्षा निर्णय र अन्य लामो समयदेखिको न्यायशास्त्रको प्रत्यक्ष उल्लङ्घन” गरेको बताए ।

“राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको संक्रमण प्रक्रिया जारी राख्न र राष्ट्रपति पदको अत्यावश्यक कर्तव्यहरू कार्यान्वयन गर्न अनुमति दिनुपर्छ,कुनै सजाय हुनु हुँदैन,” विज्ञप्तिमा भनिएको छ।

ट्रम्प गत मे महिनामा ३४ वटा आपराधिक गणनामा दोषी ठहर भएका थिए । सन् २०१६ को राष्ट्रपतीय चुनावमा आफ्नो चुनावी सम्भावना बढाउनको लागि वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी डेनियललाई चुप लगाउन भुक्तान गरिएको मुद्धामा सम्बन्धित व्यवसाय अभिलेखलाई झूटो बनाएकोले उनलाई अपराध गणना दोषी पाइएको थियो ।

प्रतिक्रिया