भर्जिन अष्ट्रेलियाका चालक दलका सदस्यहरू माथि फिजीमा यौन दुर्व्यवहार भएको र लुटिएको बताईएको छ ।
फिजी प्रहरीले नयाँ वर्षको दिनको भर्जिन अष्ट्रेलियाका दुई चालक दलका सदस्यहरू चोरी र यौन दुर्व्यवहारमा परेकोले अनुसन्धान गरिरहेको जनाएको छ ।
कथित आक्रमणहरू बुधबार रात्री क्लब क्षेत्रमा भएको उपप्रधानमन्त्री विलियम गाभोकाले बताए।
“कथित घटनाहरू खेदजनक छन्,” गाभोकाले एक विज्ञप्तिमा भने।
“त्यहाँ दुई अलग घटनाहरू भए, एउटा चोरी र अर्को यौन दुर्व्यवहारको जसले दुई फरक चालक दलका सदस्यहरूलाई असर गर्यो,” उनले भने।
यौन दुव्र्यवहारको आरोपमा प्रहरीले एक संदिग्धलाई सोधपुछ गरिएको र अनुसन्धान जारी रहेको उनले बताए ।
चालक दलका सदस्यहरू स्थानीय अतिथी गृहमा छन् । उनीहरू प्रहरी अनुसन्धानलाई मद्दत गरेपछि यस हप्ता घर फर्कने तयारीमा छन्, मन्त्रीले भने।
भर्जिन अष्ट्रेलियाले प्रभावित कर्मचारीहरूलाई सहयोग गर्न फिजीमा प्रतिनिधिहरू पठाएको छ।
प्रतिक्रिया