अमेरिकाको डिसी महानगर क्षेत्रमा जोन एन्ड द लोकल्सको बेजोड प्रस्तुती हुने

इनेप्लिज २०८१ पुष १७ गते २२:५८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा जोन एन्ड द लोकल्सको बेजोड प्रस्तुती हुने भएको छ । नेपाल लगायत विश्वका विभिन्न देशहरुमा आफ्नो सफल प्रस्तुति गर्न सफल अन्ततगत्वा जोन एन्ड द लोकल्सको बेजोड प्रस्तुती डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ ।

नेपाली समुदायहरुले बारम्बार सांगीतिक कार्यक्रम गर्दै आएको भर्जिनिया राज्यको मनासस शहर स्थित द स्यालिसबरी सेन्टरमा आगामी जनवरी ११ शनिबारका दिन कार्यकम हुने भएको छ ।

जोन एन्ड द लोकल्स अमेरिको यात्रामा रहेको छ भने भर्जिनियामा प्रोजेक्ट उर्जा नामक संस्थाको आयोजनामा हुन् लागेको हो । तर अमेरिकाको लागि यो ठमेल इभेन्ट यूएसए तथा डेब्र इभेन्ट्सले ल्याएका हुन् ।

स्थानीय आयोजक प्रोजेक्ट उर्जाका अनुसार जनवरी ११ क दिन द्वार ६ बजे देखि खोलिने छ । जोन एन्ड द लोकल्सले विश्वभर प्रख्यात कमाएको छ भने संसार भरि यसका प्रशंसक तथा गीतहरु मन पराउने युवाहरुको ठूलो संख्या छ ।

धरानका जोन चाम्लिङ राई यसका मुख्य गायक हुन् । उनका चर्चित गीतहरु ‘अल्झाइ नराख ’ ,‘तिमीलाई पनि म बिर्सिदिन्छु…’ ‘मुटु नदुखाइ राख ’ ,‘बटुल्न खोज्दैछु झरेका सपनालाई.. ।’ जस्ता गीतहरु गाएका छन् ।

दोस्रो हरफ उपस्थित बालबालिकाले गाइदिए, ‘मुटु नदुखाइराख । विदेश बसाइमा उनले थुप्रै गीत लेखे, त्यसमा धुन भरे । साढे तीन बर्षको विदेश बसाइपछि उनी नेपाल फर्किए ।

उनको सङ्गीत मण्डली (ब्यान्ड) को पूरा नाम जोन एन्ड द लोकल्स हो । ब्यान्ड सदस्यहरुमा क्रमस ज्यस्पर राई -ड्रम-ढ्यांग्रो, मनुहाङ राई -गिटार, श्रीहाङ राई -लीड गिटार तथा सुदर्शन थापा (बाँसुरी)मा रहेका छन् ।

यो सांगीतिक कार्यक्रममा बिस्तृत जानकारी लिन 571 549 0750 मा सम्पर्क गर्न सकिने प्रोजेक्ट उर्जाका पदाधिकारीहरुले ईनेप्लिजलाई बताए ।

अग्रिम रुपमा टिकट खरिद गर्न क्युआर कोड ( तीब्र प्रतिक्रिया सांकेतिक शब्द )मा गै लिन सकिने छ । आयोजकको तर्फबाट सफल बानियाले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदाय ,संगीत प्रेमी तथा प्रशंसकहरुलाई सहभागिताको लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया