अमेरिकाको जर्जियाका एक न्यायाधीश आफ्नो जागिरको अन्तिम दिन अदालतको कोठामा मृत फेला, आत्महत्या गरेको प्रहरीको विश्वास

इनेप्लिज २०८१ पुष १७ गते १७:०७ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यमा एक न्यायाधीश बेन्च(न्यायपीठ)मा आफ्नो जागिरको अन्तिम दिनमा अदालतको कोठामा मृत फेला परेका छन् ।

राज्य अदालतका न्यायाधीश ७४ बर्षिय स्टेफन येकेलले स्वयम् आत्महत्या गरेको प्रहरी बिभागले विश्वास गरेको छ ।

काममा उनको अन्तिम दिन भएको अधिकारीहरूले मंगलबार भने।

जर्जिया राज्यको एफिङ्घम काउन्टी शेरिफका सहायकहरूले मंगलबार बिहान राज्य अदालतका न्यायाधीश स्टीफन येकेललाई मृत भेट्टाएका थिए । उनले आत्महत्या गरेको देखिन्छ, शेरिफ कार्यालयद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

जर्जियाका गभर्नर ब्रायन केम्पले दुई वर्षअघि बेन्चमा नियुक्त भएको बताए । उनको कार्यकाल डिसेम्बर ३१, २०२४ मा समाप्त हुने तालिका थियो।

“परिवारहरु विचलित छन् ,” एफिङ्घम काउन्टी शेरिफ जिमी म्याकडफीले मंगलबार पत्रकारहरूलाई भने। म्याकडफीका अनुसार उनका एक सहायकले येकेलको शव फेला पारेपछि अधिकारीहरूले बिहान १०:२० बजे सम्भावित आत्महत्याको प्रतिवेदन (रिपोर्ट)मा अदालतमा पठाएपछि येकेलको सोमबार राती मृत्यु भएको हुन सक्ने उनले बताए ।

येकेलको शव परीक्षण जर्जिया अनुसन्धान बिभाग (ब्यूरो अफ इन्भेस्टिगेशन)ले गर्ने छ। येकेललाई जुन १४ ,१९७६ मा जर्जियाको राज्य बारमा भर्ना भएका थिए ।

प्रतिक्रिया