लण्डनको एक महलबाट १ करोड ३० लाख डलरका गहना, हातेझोला र नगद चोरी भएको एबिसीन्यूजले जनाएको छ । मालिकले संदिग्ध बारे जानकारी दिनेलाई ६ लाख डलर २८ हजार डलर र बरामद वस्तुमा १० % इनाम प्रस्ताव गरेका छन् ।
लन्डनमा प्रहरीले महलमा तोडफोड गर्ने चोरको खोजी गरिरहेको छ।
लन्डन प्रहरीले महलमा प्रवेश गरी १ करोड ५ लाख पाउन्ड (अर्थात् १ करोड ३० लाख डलर ) भन्दा बढी मूल्यका गहना, उत्कृष्ट नमुनाका हातेझोला र नगद चोरेको बताएको छ ।
बेलायती संचार माध्यम (ब्रिटिश मिडिया)मा इन्स्टाग्राम प्रभावकारी(इन्फ्लुंसर) र उनको पति डिसेम्बर ७ मा घरमा थिएनन्। तर कर्मचारीहरू त्यहाँ थिए र एक घरमा काम गर्ने व्यक्तिले हतियारधारी घुसपैठकर्तासँग डरले भागेको समाचारमा भनिएको छ ।
संदिग्ध अज्ञात हतियार लिएर सम्पत्तीमा प्रवेश गरेको महानगरीय प्रहरीका पाउलो रोबर्ट्सले सोमबार भने ।
चोरी भएका सामानमध्ये १०.७३ क्यारेटको हीराको औंठी, हिराको झुम्का र सुन, हिरा र नीलमणिले जडित थियो । त्यस्तै महङ्गो र मुल्यवान हाते झोलाहरु मात्र १८९ हजार डलरका रहेका थिए ।
घरमालिकहरूले संदिग्धलाई गिरफ्तार गर्न र चोरको बारेमा जानकारीको लागि ५ लाख पाउण्ड अर्थात् ६ लाख २८ हजार डलरको इनाम राखेका छन् । साथै बरामद वस्तुहरूको मूल्यको १० % अतिरिक्त इनाम प्रस्ताव गरेका छन्।
प्रहरीका अनुसार संदिग्ध व्यक्ति दोस्रो तलाको झ्यालबाट चढेर भित्र पसेका थिए । लन्डनको सबैभन्दा धनी क्षेत्रहरू मध्ये कै एकमा रीजेन्ट्स पार्क नजिकैको घरमा चोरी भएको हो ।
प्रतिक्रिया