अमेरिकाले २०२४ को चुनावी हस्तक्षेपलाई लिएर रुस र इरानलाई लक्षित गर्दै प्रतिबन्धहरू लगाएको छ ।
बाइडेन प्रशासनले २०२४ को चुनावमा हस्तक्षेप गर्ने प्रयासमा रूसी र इरानी संस्थाहरूमा नयाँ प्रतिबन्ध लगाएको हो।
प्रतिबन्धहरु अमेरिकी अर्थ तथा विदेश विभालले मंगलबार घोषणा गरेका हुन्।
विशेष गरी ट्रेजरी ( धनसार)विभागले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको सहायक प्रतिष्ठानको साथै मस्कोस्थित भूराजनीतिक विशेषज्ञता केन्द्र र यसका निर्देशक भ्यालेरी मिखाइलोविच कोरोभिन र रुससॅग सम्बद्ध कम्पनीहरूमाथि नयाँ प्रतिबन्धहरू लगाएको सिबिएसन्यूजले जनाएको छ ।
अमेरिकी धन्सार बिभागका ब्राडली स्मिथका अनुसार इरान र रुसका सरकारहरूले हाम्रो चुनावी प्रक्रिया र संस्थाहरूलाई लक्षित गरे । उनिहरुले अमेरिकी जनतालाई विभाजित गर्न खोजेको उनले बताए ।
विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले भने यी प्रतिबन्धहरू अघिल्लो प्रतिबन्धहरू निर्माण गर्ने उद्देश्यले इरान र रुसको लोकतान्त्रिक संस्थाहरूमा विश्वास कम गर्ने प्रयासमा बाधा पुर्याउने उद्देश्यले राखिएको थियो।
यिनीहरुले २०२४ मा अमेरिकी आम चुनावमा सामाजिक राजनीतिक तनाव बढाउन र हाम्रा चुनावी संस्थाहरूलाई कमजोर पार्न खोजेका थिए, मिलरले एक विज्ञप्तिमा भने।
प्रतिक्रिया