न्यूयोर्कको भूमिगत रेलगाडीमा आगो लगाई मृत्यु भएकी महिलाको पहिचान भएको न्यूयोर्क प्रहरी विभागले जनाएको छ ।
ती महिला न्यु जर्सीकी भएको प्रहरी बिभागले बताएको छ । उनि न्यु जर्सीको टम्स रिभरकी ६१ बर्षिय डेब्रिना कावाम भएको न्यूयोर्क प्रहरी विभागले जनाएको छ ।
कावाम डिसेम्बर २२ को बिहान ब्रूक्लिनको कोनी आइल्याण्ड-स्टिलवेल एभिन्यू स्टेसनमा एक स्थिर एफ रेलगाडीमा सुतिरहेकी थिइन् । सुति रहेको बेलामा उनलाई एक संदिग्ध ३३ वर्षीय ग्वाटेमाला नागरिक सेबास्टियन जापेटाले लगाएका थिए । संदिग्ध सेबास्टियन जापेटालाई प्रक्राउ गरि प्रथम प्रथम श्रेणी र दोश्रो श्रेणी हत्या र प्रथम श्रेणीको आगजनीको आरोप लगाइएको छ।
संदिग्धले पीडितलाई लाइटर(दीपिका)ले आगो लगाएका थिए । महिला घटनास्थलमै मृत घोषित गरिएको थियो । जापेटा गैर कानुनी रुपमा अमेरिका छिरेका थिए । उनलाई जुन २०१८ अमेरिकाबाट ग्वाटेमाला फर्काइएको थियो। पुन : उनि अज्ञात समय र स्थानमा गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकामा पुन: प्रवेश गरेका थिए ।
मंगलबार एक पत्रकार सम्मेलनको क्रममा, न्यूयोर्क शहरका मेयर एरिक एडम्सले कावाम छोटो समयको लागि न्यूयोर्क शहरको घरबारविहीन आश्रयमा बसेको बताए । । उनले अधिकारीहरूले उनको नजिकको आफन्तसँग सम्पर्कमा रहेको बताए ।
प्रतिक्रिया