युक्रेनी विदेशमन्त्री र सिरियाली नेतासँग बीच डमास्कसमा भेटघाट ,युक्रेनले सिरिया ५०० टन गहुँ पठायो

इनेप्लिज २०८१ पुष १६ गते १२:२१ मा प्रकाशित

युक्रेनका विदेशमन्त्रीले सिरियाली नेतासँग डमास्कसमा भेट गरेका छन् ।

युक्रेनका विदेश मन्त्री एन्ड्रि सिबिहाले गत सोमबार सिरियाका नेता अबु मोहम्मद अल-जोलानीसँग भेट गरेका हुन् ।

सिबिहा जोलानीसँग डमास्कसमा भेट्ने सबैभन्दा नयाँ विदेशी प्रतिनिधि बनेका छन् । हयात तहरीर अल-शाम सेना र उनीहरूका सहयोगीहरूले पूर्व राष्ट्रपति बसर असदलाई बर्खास्त गरि संक्रमणकालीन सरकार स्थापना गरिरहेका छन्।

सिबिहाले सामाजिक संजालमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उनलाई व्यक्तिगत रूपमा सन्देश पठाएको जनाए । जेलेन्स्कीले हामी तपाईको साथमा छौं र सामान्य जीवन, स्थिरता र खाद्य सुरक्षा पुनर्स्थापित गर्न सहयोग गर्न तयार छौं भनि सन्देश लेखेको सिबिहाले बताए ।

“हामी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता लगायत अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै नयाँ सिरियामा भर परेका छौं,” उनले थपे।

जेलेन्स्कीले विश्व खाद्य कार्यक्रमको सहयोगमा युक्रेनबाट अन्न मानवीय कार्यक्रमको एक भागको रूपमा कीभले सिरियामा ५०० टन गहुँको पीठो पठाएको घोषणा गरेपछि यो भ्रमण भएको हो।

प्रतिक्रिया