बागलुङ सेवा समाज अमेरिकाले नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख श्री किरण शर्मा पौडेल सँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो !

इनेप्लिज २०८१ पुष १६ गते ११:४५ मा प्रकाशित

बागलुङ सेवा समाज अमेरिकाले ३० डिसेम्बर २०२४ का दिन नेपालका गण्डकी प्रदेशको बागलुङ जिल्लाका नेता ,नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख श्री किरण शर्मा पौडेल संग एक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रमको मुख्य उद्देश्य नेपाल र बागलुङ जिल्लाका समसामयिक विषयहरूमा गहिरो छलफल गर्नु थियो।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष सकसजिसीले गरेका थिए। प्रमुख अतिथि पौडेलले अमेरिकामा बसोबास गरिरहेका बागलुङबासीहरूले प्राप्त गरेका सीप र दक्षताहरू आफ्नो जिल्लाको विकासमा लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। उनले प्रवासी नेपालीहरूले नेपालको समृद्धिमा सशक्त योगदान पुर्याउन सक्ने उल्लेख गर्दै गैरआवासीय नेपाली नागरिकता विषयमा नेपाली हालको कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारसँग छलफल गरी यसलाई समाधान गर्ने आश्वासन दिनुकोसाथै लामो समय देखी नेपाली जन सम्पर्क समीती अमेरिकाको अधिवेशन नभयको र आफु तेसैमा केन्द्रीत भयर यो भ्रमण गरेको र छिट्टै अधिवेशन गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको आरम्भ बागलुङ सेवा समाज अमेरिकाकी महिला संयोजक चमेली खातीको स्वागत मन्तव्यबाट भएको थियो। उनले प्रवासी नेपालीहरूको एकता र योगदानको महत्त्वमा चर्चा गर्दै “नेपालको माया” शीर्षकको कविता वाचन गरे, जसले उपस्थित दर्शकहरूलाई भावुक तुल्यायो।

समाजका महासचिव कृष्ण राज सुवेदीले कार्यक्रमलाई सञ्चालन गरेका थिय । यस अवसरमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट, बलेवा समाज अमेरिकाका अध्यक्ष प्रदीप कुमार खत्री, एनआरएनए अमेरिका का पूर्व पदाधिकारी कृष्ण पोख्रेल, एनआरएनए न्यू योर्ककी महिला उपाध्यक्ष लक्ष्मी थापा, नेप्लिज ल इन्फोर्समेन्ट एशोसियसनका अध्यक्ष सोनामघिसिङ लगायतका प्रमुख व्यक्तिहरूले आफ्नो विचार राख्नु को साथै शुभकामना दिएका थिए।

कार्यक्रममा बागलुङ सेवा समाज अमेरिकाका सदस्यहरू, बागलुङमा जन्मिएका र अमेरिकामा कर्म थलो बनाएका व्यक्तिहरू, र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रमको समापन समाजका अध्यक्ष घर्ती क्षेत्रीले गरेका थिए।

यस कार्यक्रमको उद्देश्य बागलुङ जिल्लाका सामाजिक, आर्थिक र विकाससम्बन्धी मुद्दामा विस्तृत छलफल गर्नु र बागलुङ्गेहरूको बीच आपसी भाइचारा र सहकार्यको भावना प्रवर्धन गर्नु थियो।

प्रतिक्रिया