ट्रम्पद्वारा सभामुखमा माइक जोनसनलाई समर्थन

इनेप्लिज २०८१ पुष १६ गते ०:३९ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सभामुखमा माइक जोनसनलाई समर्थन गरेका छन् । जनवरी २० मा ट्रम्पले सपथ ग्रहण लिनेछन् ।

ट्रम्पले सोमबार वर्तमान सभामुख माइक जोनसनलाई नै समर्थन जनाएका छन् ।

उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा सभामुख माइक जोन्सन एक राम्रो, मेहनती, धार्मिक व्यक्ति छन्। उनले सही काम गर्नेछ, माइकलाई मेरो पूर्ण समर्थन लेखेका छन् ।

ट्रम्पको जवाफमा “म सधैं जस्तै तपाईको समर्थनबाट सम्मानित भएको छु,” जोनसनले सामाजिक संजालमा लेखे। साथमा हामी छिट्टै तपाईको अमेरिका प्रथम कार्यसूची प्रदान गर्नेछौं र अमेरिकाको नयाँ स्वर्ण युगको सुरुवात गर्नेछौं।

प्रतिक्रिया